३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट

२० जेष्ठ २०८२, सोमबार १५:५५
काठमाडौं । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग भएको दुई हजार २६७ किलो आँप नष्ट गरेको छ ।
उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाको आइतबार गरिएको संयुक्त अनुगमनमा नगरपालिकाका तीनवटा हाटबजार (फलफूल तथा तरकारी बजार) बाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहिद गेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र धनगढीको चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो ।
परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताउनुभयो । संयुक्त अनुगमनमा यस कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी यस नगरपालिकाका तीन हाट बजारबाट फलफूल तथा तरकारीहरूका १८ वटा नमूनाहरूमा आरबिपिआर विधिबाट विषादी अवशेष परीक्षण गर्दा आँपको एउटा नमूनामा रोकावट ६१ प्रतिशत पाइएकाले उक्त आँप नष्ट गरिएको उहाँको भनाइ छ ।
करिब १७ वटा नमूनामा भने कैफियत नपाइएको उहाँले बताउनुभयो । अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरी उक्त आँप नष्ट गरिएको उहाँले बताउँनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन