२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

२३ जेष्ठ २०८२, बिहीबार १२:०४

काठमाडौँ । बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन हुन नसकेको हो । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङमा तीव्र गतिमा बजारीकरण भइरहेको छ, तर सही रुपमा फोहर व्यवस्थापन नहुँदा वातावरणनै प्रदूषित हुने गरेको छ ।

दक्षिण बागलुङको बजारका रुपम विकास हुँदै गएको कुश्मिसेराको फोहर अहिले जैमिनीधाम जाने सडक छेवैमा डम्पिङ हुँदै आएको छ । यसका कारण त्यस क्षेत्रमा दुर्गन्धित फैलिएको छ । नगरपालिकाले यसको व्यवस्थापन गर्न सकेको छैन । फोहरको दुर्गन्धका कारण यात्रु समस्यामा परेका छन् । बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ ।

झण्डै ८ वर्षदेखि बाघखोरमा नगरपालिकाले फोहर फाल्दै आएको छ । नगरपालिकाले बाघखोरमा व्यवस्थापन गरेको फोहर ठूलो वर्षा हुँदा बगेर तमानखोलामा पुग्ने गरेको छ । फोहरले तमानखोला र भूजीखोलासमेत दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहर व्यवस्थापन गर्दै गरेको स्थान बुर्तिबाङ–तमानखोला सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ । सडकमा दैनिक सयौँ यात्रु आवतजावत गर्छन् ।
नगरपालिकाले खोला छेउमा फोहर थुपारेर दैनिक आगो लगाउँदा धुँवाले सडकमा यात्रा गर्न गाह्रो हुने स्थानीय तेजबहादुर विकले बताउनुभयो । गर्मीको समय फोहर कुहिएर टाढासम्म गन्ध आउने गरेको उहाँको भनाइ छ । यस ठाउँमा फोहर सही रुपमा व्यवस्थापन हुन नसक्दा हैजा फैलिने जोखिम बढेको विक बताउनुहुन्छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले फोहर व्यवस्थापनका लागि जग्गा खोज्न सुरु गरेको बताउनुभयो । वर्षौँदेखि नै यहाँ फोहर फालिँदै आएको भन्दै नयाँ सहर आयोजनासँग सहकार्य गरेर ‘डम्पिङसाइड’ निर्माण गर्ने उहाँको भनाइ छ । सङ्घीय सरकारले फोहर व्यवस्थापनका लागि रु ८७ लाख विनियोजन गरेको भन्दै जग्गा व्यवस्थापन हुनासाथ अहिलेको ठाउँबाट फोहर हटाउने उहाँ बताउनुहुन्छ ।

कुश्मिसेराको फोहर व्यवस्थापनका लागि जग्गाकै समस्या छ । नगरपालिकाले जग्गा खोजीरहेको भन्दै गरे पनि अहिलेसम्म पार्यप्त पाउन नसक्दा फोहर व्यवस्थापनमा ढिलाइ भएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । औद्योगिकग्रामका लागि करिब एक सय रोपनी र फोहरका लागि १५ रोपनी जग्गा आवश्यक परेको उहाँको भनाइ छ । दुईवटै संरचनाका लागि जग्गा प्राप्त गर्नासाथ फोहर व्यवस्थापन हुने उपप्रमुख शर्मा बताउनुहुन्छ ।

उपप्रमुख शर्माले भन्नभयो,“फोहर व्यवस्थापन गर्नतर्फ हामीहरु गम्भीरनै छौँ, साँघुरो ठाउँमा पर्याप्त जग्गा नपाउँदा समस्या भएको छ, केही ठाउँमा जग्गा पाइए पनि आवश्यक अनुसारको पुगेन, यद्दपि हामीहरुले विभिन्न ठाउँमा जग्गा हेर्ने र प्राप्त गर्नका लागि पहल गरिरहेका छौँ, अहिले व्यवस्थापन गर्दै आएको ठाउँमा उचित नहुँदा नहुँदै पनि बजारको फोहरलाई व्यवस्थापन गरि रहेका छौँ ।”
––––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य