2026-08-06 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

च्याङग्राका भुुवाको बजार सुुनिश्चित

काठमाडौँ । च्याङ्ग्राकोे भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् । खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक मल आपूर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङ्ग्राको शरीरमा भएको भूवाले बजार पाउन थालेपछि किसानले अतिरिक्त आम्दानीको अवसर पाएका हुुन् ।

फल्याकका किसान राजुु गुरुङकाका अनुसार बजारको सुनिश्चितता, किसानलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन् । “शरीरबाटै झरेर खेर जाने गरेको थियो,” उहाँले भन्नुभयो “बजार सुनिश्चित गरेका पश्मिना व्यवसायीले च्याङ्ग्राको भूवा निकाल्न दक्षजनशक्ति समेत व्यवस्था गरेकाले आजदेखि भूवा निकाल्न थालेका छौँ ।”

नेपाल पश्मिना उद्योग सङ्घले काठमाडौँमा सञ्चालन गरेको फाइवर प्रोसेसिङ प्रालिले फस्याकलगायत मुुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भूवाको बजार सुुनिश्चित गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भूवा निकाल्ने याम हो । च्याङुग्राको भूवा पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो ।
भेडा र चौरीको तुलनामा च्याङ्ग्राको भूवालाई गुणस्तरीय मानिएको छ । डेढ वर्षअघि मुुस्ताङबाट नमूना सङ्कलन गरेर मङ्गोलियाको प्रयोगशालामा लगेर च्याङ्ग्राको भूवाको गुुणस्तर परीक्षण गरिएको थियो । प्रयोगशालाको प्रतिवेदन अनुुसार मुस्ताङी च्याङ्ग्राको भूवा पश्मिनाका लागि उपयुक्त मानिएको नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवारमध्य १९ घरपरिवारको व्यावसायिक च्याङ्ग्रा फार्म छ । घरघरमा थोरै सङ्ख्यामा च्याङ्ग्रा पाल्नेहरु पनि छन् ।

फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेका वारागुुङ मुक्तिक्षेत्र–५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले बताउनुभयो । यसवर्ष करिब दश किलोग्राम भूवा सङ्कलन हुुने अनुमान गरिएको छ । किसानबाट पश्मिना उद्योगीले प्रतिकिलो रु चार हजार पाँच सयका दरले भूवा खरिद गर्छन् ।

मुुस्ताङ र डोल्पाको छार्काका किसानले विसं २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भूवा बिक्री गरेका छन् । पश्मिना व्यावसायी आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पश्मिना बनाउन च्याङग्राको भूवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु छ अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक रु पाँच अर्ब मूल्य बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भूवाको धागो आयात हुन्छ ।

ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्ने आउने पर्यटकले रु एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन् । मुस्ताङी च्याङ्ग्राको भुुवाको गुुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग सङ्घमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तरर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो ।

अन्तरराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना सङ्घले भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुुणस्तरीय भूवा उत्पादन र सङ्कलनका विषयमा प्राविधिक सीप सिकाउन थालिएको छ ।

बाह्य परजीविको आक्रमणबाट जोगाउन, शरीरमा भएको भूवालाई कीटाणुुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुुवा निकाल्नुु अघि डिपिङ ट्याङ्कीमा च्याङग्राको शरीर डुुबाउने सीप सिकाउन स्थलगत तालिम सुरु गरिएको छ ।

अन्तरराष्ट्रियस्तरको प्रयोगशालामा गरिएको परीक्षणबाट पश्मिनाका लागि उपयुुक्त र गुुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भूवाको दिगोपना र गुणस्तरमा हस आउन नदिन किसानलाई सप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएको परामर्शदाता श्रेष्ठले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएकोमा ३० प्रतिशतको हाराहारीमा मात्र भूवा निकाल्ने गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई