३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

च्याङग्राका भुुवाको बजार सुुनिश्चित

२३ जेष्ठ २०८२, बिहीबार १२:११

काठमाडौँ । च्याङ्ग्राकोे भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् । खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक मल आपूर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङ्ग्राको शरीरमा भएको भूवाले बजार पाउन थालेपछि किसानले अतिरिक्त आम्दानीको अवसर पाएका हुुन् ।

फल्याकका किसान राजुु गुरुङकाका अनुसार बजारको सुनिश्चितता, किसानलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन् । “शरीरबाटै झरेर खेर जाने गरेको थियो,” उहाँले भन्नुभयो “बजार सुनिश्चित गरेका पश्मिना व्यवसायीले च्याङ्ग्राको भूवा निकाल्न दक्षजनशक्ति समेत व्यवस्था गरेकाले आजदेखि भूवा निकाल्न थालेका छौँ ।”

नेपाल पश्मिना उद्योग सङ्घले काठमाडौँमा सञ्चालन गरेको फाइवर प्रोसेसिङ प्रालिले फस्याकलगायत मुुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भूवाको बजार सुुनिश्चित गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भूवा निकाल्ने याम हो । च्याङुग्राको भूवा पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो ।
भेडा र चौरीको तुलनामा च्याङ्ग्राको भूवालाई गुणस्तरीय मानिएको छ । डेढ वर्षअघि मुुस्ताङबाट नमूना सङ्कलन गरेर मङ्गोलियाको प्रयोगशालामा लगेर च्याङ्ग्राको भूवाको गुुणस्तर परीक्षण गरिएको थियो । प्रयोगशालाको प्रतिवेदन अनुुसार मुस्ताङी च्याङ्ग्राको भूवा पश्मिनाका लागि उपयुक्त मानिएको नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवारमध्य १९ घरपरिवारको व्यावसायिक च्याङ्ग्रा फार्म छ । घरघरमा थोरै सङ्ख्यामा च्याङ्ग्रा पाल्नेहरु पनि छन् ।

फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेका वारागुुङ मुक्तिक्षेत्र–५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले बताउनुभयो । यसवर्ष करिब दश किलोग्राम भूवा सङ्कलन हुुने अनुमान गरिएको छ । किसानबाट पश्मिना उद्योगीले प्रतिकिलो रु चार हजार पाँच सयका दरले भूवा खरिद गर्छन् ।

मुुस्ताङ र डोल्पाको छार्काका किसानले विसं २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भूवा बिक्री गरेका छन् । पश्मिना व्यावसायी आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पश्मिना बनाउन च्याङग्राको भूवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु छ अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक रु पाँच अर्ब मूल्य बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भूवाको धागो आयात हुन्छ ।

ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्ने आउने पर्यटकले रु एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन् । मुस्ताङी च्याङ्ग्राको भुुवाको गुुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग सङ्घमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तरर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो ।

अन्तरराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना सङ्घले भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुुणस्तरीय भूवा उत्पादन र सङ्कलनका विषयमा प्राविधिक सीप सिकाउन थालिएको छ ।

बाह्य परजीविको आक्रमणबाट जोगाउन, शरीरमा भएको भूवालाई कीटाणुुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुुवा निकाल्नुु अघि डिपिङ ट्याङ्कीमा च्याङग्राको शरीर डुुबाउने सीप सिकाउन स्थलगत तालिम सुरु गरिएको छ ।

अन्तरराष्ट्रियस्तरको प्रयोगशालामा गरिएको परीक्षणबाट पश्मिनाका लागि उपयुुक्त र गुुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भूवाको दिगोपना र गुणस्तरमा हस आउन नदिन किसानलाई सप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएको परामर्शदाता श्रेष्ठले बताउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएकोमा ३० प्रतिशतको हाराहारीमा मात्र भूवा निकाल्ने गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली