३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोयल च्यालेन्जर्स बेंगलुरु विजयोत्सवमा ११ जनाको मृत्यु,विराट कोहलीले भने ‘म स्तब्ध भएको छु’

२३ जेष्ठ २०८२, बिहीबार १४:१८

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको घटनाप्रति विराट कोहलीले गहिरो दु:ख व्यक्त गरेका छन्।

कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बेंगलुरुले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘मसँग भन्नका लागि कुनै शब्द छैन। म स्तब्ध भएको छु।’ विज्ञप्तिमा आरसीबीले पनि दुर्भाग्यपूर्ण घटना भन्दै गहिरो दुःख व्यक्त गरेको छ। साथै पीडित परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ।

मंगलबार राति पन्जाब किंग्सलाई हराउँदै आरसीबीले १८ वर्षपछि आईपीएल उपाधि जितेपछि खुसियालीमा बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशालामा विजयोत्सव कार्यक्रम आयोजना गरिएको थियो।

यस क्रममा युवा, महिला, पुरुष र वृद्धवृद्धासमेत सडकका छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए। यसै क्रममा भीडभित्र भागदौड मच्चियो र किचिएर कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले घटनाको अनुसन्धान गर्ने घोषणा गरेका छन्।

साथै उनले मृतकका परिवारलाई जनही १० लाख र घाइतेहरूलाई नि:शुल्क उपचारको व्यवस्था गरिने पनि बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली