२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोयल च्यालेन्जर्स बेंगलुरु विजयोत्सवमा ११ जनाको मृत्यु,विराट कोहलीले भने ‘म स्तब्ध भएको छु’

२०८२, २३ जेष्ठ बिहीबार १४:१८

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको घटनाप्रति विराट कोहलीले गहिरो दु:ख व्यक्त गरेका छन्।

कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बेंगलुरुले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘मसँग भन्नका लागि कुनै शब्द छैन। म स्तब्ध भएको छु।’ विज्ञप्तिमा आरसीबीले पनि दुर्भाग्यपूर्ण घटना भन्दै गहिरो दुःख व्यक्त गरेको छ। साथै पीडित परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ।

मंगलबार राति पन्जाब किंग्सलाई हराउँदै आरसीबीले १८ वर्षपछि आईपीएल उपाधि जितेपछि खुसियालीमा बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशालामा विजयोत्सव कार्यक्रम आयोजना गरिएको थियो।

यस क्रममा युवा, महिला, पुरुष र वृद्धवृद्धासमेत सडकका छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए। यसै क्रममा भीडभित्र भागदौड मच्चियो र किचिएर कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले घटनाको अनुसन्धान गर्ने घोषणा गरेका छन्।

साथै उनले मृतकका परिवारलाई जनही १० लाख र घाइतेहरूलाई नि:शुल्क उपचारको व्यवस्था गरिने पनि बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै