२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलङ्काका पूर्व स्पिनरमाथि म्याच फिक्सिङको आरोप

२३ जेष्ठ २०८२, बिहीबार १५:१८
श्रीलङ्काका पूर्व स्पिन बलर सचित्र सेनानायकले बिहीबार मुलुकमा खेलकुदमा भ्रष्टाचार मेटाउने उद्देश्यले ल्याइएको नयाँ कानूनअन्तर्गत मुद्दा चलाइने पहिलो व्यक्ति बन्नुभएको छ ।
चालिस वर्षीय सेनानायकेमाथि दक्षिणी सहर हम्बनटोटाको उच्च अदालतमा सन् २०२० को स्थानीय प्रतियोगितासँग सम्बन्धित म्याच फिक्सिङको आरोप लगाइएको छ ।
उहाँ सन् २०२३ सेप्टेम्बरमा पक्राउ परेपछि हाल जमानतमा हुनुहुन्छ । उहाँले आरोपहरू अस्वीकार गर्नुभएको छ ।
चौरहत्तर अन्तर्राष्ट्रिय खेल खेल्नुभएका सेनानायकले अन्तिम पटक सन् २०१६ मा श्रीलङ्काका लागि खेल्नुभएको थियो ।
उहाँमाथि २०२० मा लङ्का प्रिमियर लिगका दुई खेलाडीलाई म्याच फिक्सिङका लागि प्रभाव पारेको आरोप छ ।
म्याच फिक्सिङलाई फौजदारी अपराध बनाउने सन् २०१९ को कानूनको उल्लङ्घन गर्ने सेनानायके पहिलो खेलाडी भएको प्रहरीले जनाएको छ ।
दोषी ठहरिएमा अधिकतम १० वर्षको जेल, १० करोड रुपैयाँ (तीन लाख ३३ हजार डलर) सम्मको जरिवाना वा दुवै हुन सक्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलङ्कालाई सबैभन्दा भ्रष्ट क्रिकेट खेल्ने राष्ट्रहरू मध्ये एक मानेको भनेपछि पूर्व खेलकुदमन्त्री हरिन फर्नान्डोले यो कडा नयाँ कानून ल्याउनुभएको थियो ।
अर्का पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामागेले सन् २०२१ मा संसद्मा देशमा म्याच फिक्सिङ व्याप्त रहेको बताउनुभएको थियो ।
अलुथगामगेलाई असम्बन्धित भ्रष्टाचारको मुद्दामा २० वर्षको जेल सजाय भएको थियो ।
श्रीलङ्काका सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘कुव्यवस्थापन, भ्रष्टाचार र अनुशासनहीनता’ भन्दै विरोध गर्दै प्रशंसकहरूलाई खेल बहिष्कार गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान