2026-10-07 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सर्पले डसेर वन कार्यालयका कर्मचारीको मृत्यु

काठमाडौँ । सर्पले डसेर डिभिजन वन कार्यालय महोत्तरीका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका नम्बर १० लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय छोरा रुपेश महतो रहेका छन् ।

डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गएराति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो । उनलाई तत्काल बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्‍याइएको थियो । तर उपचारका क्रममा आज बिहान ५ः१५ बजे उनको मृत्यु भएको हो ।

मृतक महतो डिभिजन वन कार्यालयअन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । करिब एक वर्षदेखि रुपेश सोही कार्यालयमा भान्सेका रूपमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’