३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोयल च्यालेन्जर्स बेंगलुरु(आरसीबी)का विरुद्ध एफआईआर दर्ता

२४ जेष्ठ २०८२, शुक्रबार ११:४९

काठमाडौँ । आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को विजय उत्सवमा भएको भागदौड घटनामा अनुसन्धानको क्रममा बेंगलुरु प्रहरीले आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

यसै घटनामा कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्ट नेटवर्कका वरिष्ठ कार्यक्रम प्रबन्धक किरण कुमार र उपाध्यक्ष (व्यवसाय) सुनील मैथ्यूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

११ जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले आरसीबी, डिएनए इन्टरटेन्मेन्ट र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)का जिम्मेवार प्रतिनिधिहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

मुख्यमन्त्रीले एक जना सेवानिवृत्त उच्च अदालतका न्यायाधीश माइकल डी’कुन्हाको नेतृत्वमा न्यायिक आयोग गठन गरिएको पनि घोषणा गरेका छन्। आयोगले ३० दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।

त्यसका साथै, मुख्यमन्त्रीको निर्देशनमा बेंगलुरुका प्रहरी आयुक्त बी. दयानन्द, अतिरिक्त आयुक्त विकास कुमार, केन्द्रीय डिपिसीपी शेखर एच. टेक्कण्णावरसहित क्युबन पार्क प्रहरी चौकीका निरीक्षकलगायत उच्च प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको छ।

प्रहरीले यस घटनामा आरसीबीले बिना अनुमति कार्यक्रम आयोजना गरेको, सुरक्षामा लापरवाही गरेको र घटनापछि उद्धारमा ढिलाइ भएको आरोपमा एफआईआर दर्ता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली