2026-07-24 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोयल च्यालेन्जर्स बेंगलुरु(आरसीबी)का विरुद्ध एफआईआर दर्ता

काठमाडौँ । आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को विजय उत्सवमा भएको भागदौड घटनामा अनुसन्धानको क्रममा बेंगलुरु प्रहरीले आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

यसै घटनामा कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्ट नेटवर्कका वरिष्ठ कार्यक्रम प्रबन्धक किरण कुमार र उपाध्यक्ष (व्यवसाय) सुनील मैथ्यूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

११ जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले आरसीबी, डिएनए इन्टरटेन्मेन्ट र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)का जिम्मेवार प्रतिनिधिहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

मुख्यमन्त्रीले एक जना सेवानिवृत्त उच्च अदालतका न्यायाधीश माइकल डी’कुन्हाको नेतृत्वमा न्यायिक आयोग गठन गरिएको पनि घोषणा गरेका छन्। आयोगले ३० दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।

त्यसका साथै, मुख्यमन्त्रीको निर्देशनमा बेंगलुरुका प्रहरी आयुक्त बी. दयानन्द, अतिरिक्त आयुक्त विकास कुमार, केन्द्रीय डिपिसीपी शेखर एच. टेक्कण्णावरसहित क्युबन पार्क प्रहरी चौकीका निरीक्षकलगायत उच्च प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको छ।

प्रहरीले यस घटनामा आरसीबीले बिना अनुमति कार्यक्रम आयोजना गरेको, सुरक्षामा लापरवाही गरेको र घटनापछि उद्धारमा ढिलाइ भएको आरोपमा एफआईआर दर्ता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक