प्रेम सुनार/भदौ १३, गुल्मी । काठमाणडौंमा जारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं केन्द्रिय सम्मेलनमा सचिव पदमा एउटै जिल्ला गुल्मीका चार जनाले उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/भदौ १३, गुल्मी । काठमाणडौंमा जारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं केन्द्रिय सम्मेलनमा सचिव पदमा एउटै जिल्ला गुल्मीका चार जनाले उम"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अखिल क्रान्तिकारीको सम्मेलनमा सचिवको उमेदवार गुल्मीका चार जना

१३ भाद्र २०७४, मंगलवार ०८:३६


प्रेम सुनार/भदौ १३, गुल्मी । काठमाणडौंमा जारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं केन्द्रिय सम्मेलनमा सचिव पदमा एउटै जिल्ला गुल्मीका चार जनाले उमेदवार दिएका छन् । 

५ नम्वर प्रदेश सचिवमा प्रकाश अधिकारी, यदु ज्ञवाली र छात्रा सचिव पदमा अध्यक्ष रञ्जित तामाङ्गको  प्यानलबाट उमेदवारी दिएका हुन् । त्यस्तै अध्यक्ष अनिल शर्माको प्यानलबाट गुल्मीकै प्रकाश घिमिरेले सचिव पदमा उमेदवारी दिएका  छन् ।

चारै जना युवा विद्यार्थी नेताहरु शसक्त भएकोले सचिव पदको दावी नछाडेर चुनावी प्रतिष्पर्धामा भिडन चाहेको माओवादी केन्द्र गुल्मीका प्रचार विभाग प्रमुख युवाराज केसीले जानकारी दिए । उनका अनुसार गुल्मीकै अर्का विद्यार्थी नेता घनश्याम खरेल भने केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भई सकेका छन् । दिव्रुङ्ग निवासी खरेल आयोजक कमिटीमा पनि केन्द्रिय सदस्य थिए । 

पद्यमाकन्या क्याम्पस काठमाण्डौमा अध्यानरत छात्रा सचिव वसन्त भण्डारी काठमाण्डौमा शसक्त विद्यार्थी नेता मानिन्छिन् । उनको घर गुल्मीको धुर्कोटरजस्थलमा पर्दछ । पौदीअमराई अरेवाका प्रकाश घिमिरे पनि काठमाण्डौंका चल्तापुर्जा विद्यार्थी नेता हुन् । प्रकाश अधिकारी बुटवलमा कार्य क्षेत्र बनाएर त्यहाँको विद्यार्थी संगठनलाई हाँक्दै आएका विद्यार्थी नेता हुन् । उनको घर गुल्मी कै दर्लामचौरमा पर्दछ । 

यदु ज्ञवाली गत स्थानिय निर्वाचनमा गुल्मीमा सवै भन्दा कान्छो गाउँपालिका प्रमुख उमेदवार हुन र यस जिल्लाको विद्यार्थी आन्दोलनका  हस्तीहरु मध्ये एक हुन् ।  माओवादी आन्दोलनको ईतिहाँसमै निर्वाचनबाटै संगठन निर्माणको ईतिहाँस रच्दै छ अखिल क्रान्तिकारीले यति वेला । 

हाल सम्म माउ पार्टी र उसका कुनै पनि भातृ संगठनले मतदानबाट संगठन निर्माण गरेका थिएनन् । ‘तोक आदेशमा पद’ जसलाई नेताले टिका लगाई दिने प्रथा भनेर आलोचना समेत हुने गरेको थियो । 

वरिष्ठता र योगदानको कदर भन्दै कैयौ असहमत हुँदाहुँदै पनि जनवादी केन्द्रियताको  माओवादी परम्परालाई तोड्दै लोकतान्त्रिक विधि अपनाईएको अखिल क्रान्तिकारीको २१ औं सम्मेलन यस अर्थमा पनि सिङ्गो पार्टीलाई चुनौती र आफैमा ऐतिहाँसिक महत्वको बनिरहेको छ । सात गतेबाट चलिरहेको सम्मेलनमा सहमतिको प्रयास गरिए पनि भोली मतदान हुन गई रहेको छ । 

अध्यक्षमा क्रमशः माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्माका भाई  शर्मा , तामाङ्ग र  पदम अर्यालले उमेदवार दिएका छन् । सम्मेलन त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा चलिरहेको छ । 

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले गरेका थिए । 

तस्वीरः गुल्मीका चार जना सचिवका उमेदवार र सर्वसम्मत निर्वाचि केन्द्रिय सदस्य 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन