२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै

२७ जेष्ठ २०८२, सोमबार १५:२२
काठमाडौँ । पर्सामा हुने प्राकृतिक तथा मनसुनजन्य विपद्सँग जुध्नका लागि विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साले आज यहाँ मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपका गतिविधिमा स्थानीय समुदायको सक्रिय सहभागिता गराउने उद्देश्यले तालिमको आयोजना गरेको हो ।
सो तालिममा ३० जनालाई २१ दिनसम्म विपद् स्वयंसेवक तालिम उपलब्ध गराइनेछ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले प्राकृतिक विपद्सँग जोगाउनका लागि यस्ता खालका कार्यक्रमको आवश्यक रहेको बताउनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्का जोखिमलाई न्यूनीकरण गर्नका लागि यस्ता खालका तालिम प्रभावकारी हुने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले प्राकृतिक विपद् सम्बन्धित तालिमले सम्भावित जोखिमको बेलामा निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने