२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

२०८२, २८ जेष्ठ मंगलवार १३:४२
काठमाडौँ । नेपाली साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट गरिएको छ ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेसनल एडमिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबीच दुई देशका शास्त्रीय ग्रन्थ अनुवाद एवम् प्रकाशनसम्बन्धी भएको द्विपक्षीय समझदारीपत्रअनुरूप नेपाली साहित्यका १३ कृति छनोट भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको २०८० सालमा भएको भ्रमणका क्रममा नेपालको संस्कृति मन्त्रालय र चीनको पब्लिकेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यति’, बाबुराम आचार्यको ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’, डा हर्क गुरुङको ‘मैले देखेको नेपाल’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, डा राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’, सरुभक्तको ‘चुली’, सुलोचना मानन्धरको ‘जीवनबाट जीवन सिकौँ’, सत्यमोहन जोशीको ‘कलाकार अरनिको’, मन्जुलको ‘जाने होइन दाइ आलापोट ?’, जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ र डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ छनोटमा परेको उहाँले सुनाउनुभयो ।
चिनियाँ भाषाका १३ कृति नेपालीमा अनुवाद हुने
यसैगरी, चिनियाँ १३ वटा पुस्तक पनि नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि छनोट भएको छ । ‘रिडिङ गाइड फर सि चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यू एरा’, ‘सेभेन्टी इयर्स अफ न्यु चाइना’, ‘द ओरिजिन्स अफ चाइनिज सिभिलाइजेसन’, ‘द एनोटेटेड क्रिटिकल लाओजी’, ‘सेलेक्टेड स्टोरिज अफ जिया दसान’, ‘ह्वाई एन्ड हाउ द सिपिसी वक्र्स इन चाइना’, ‘ह्वाइट डिअर प्लेन’, ‘रेड सर्गम’, ‘ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक यक चुआङ्जी’, ‘द स्ट्र हाउस’, ‘द म्याजिक गर्ड’, ‘इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज’ र ‘अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर’ छनोट भएको प्रतिष्ठानले जनाएको छ ।
      पुस्तक अनुवाद गर्न नेपाल चीन संयुक्तविज्ञ समिति पनि गठन भएको छ । त्यसको अध्यक्ष प्रतिष्ठानका कुलपति भूपाल राई हुनुहुन्छ । यसैगरी, सदस्यहरुमा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी (प्रकाशनको काम हेर्ने गरी), प्राज्ञ परिषद् सदस्य डा कृष्णराज अधिकारी (प्राज्ञिक काम हेर्ने गरी),  प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी (अनुवाद कार्यको संयोजन गर्ने गरी) र डा सर्वोत्तम श्रेष्ठ (अनुवादक तथा चिनियाँ भाषाविज्ञ) हुनुहुन्छ ।
यसैगरी, अनुवादको सचिवालय संयोजकमा डा सुशील प्रजापति (चिनियाँ भाषा विज्ञ), सदस्यमा सविना महर्जन (चिनियाँ अनुवादक) र प्रतिष्ठानका अधिकृत रवीन्द्र तिमसेना रहनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ