2026-10-07 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

काठमाडौँ | बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय रैथाने जातको धान र गहुँको बीउ उत्पादन गरेका छन् ।

बाँकेमा स्थानीय जातको खाद्यबालीको बीउ संरक्षण गर्दै आएको साकार कृषि सहकारी संस्था लिमिटेडका ६६ बीउ उत्पादक शेयर सदस्य किसानले धान र गहुँको एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेका हुन् ।

किसानले ८३ हजार ४३० केजी धान र ४५ हजार ३७२ केजी गहुँ गरी जम्मा एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेको साकार कृषि सहकारी संस्था लिका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

साकार कृषि सहकारी संस्थाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा ६६ बीउ उत्पादक शेयर सदस्यलाई रु ८३ हजार ७२१ प्रोत्साहन रकम वितरण गरेको अध्यक्ष वलीले जानकारी दिनुभयो । उहाँले सहकारीको माध्यमबाट आफूहरूले कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै कृषिबाट शेयर सदस्यको आर्थिकस्तर बढाउन लागिपरेको बताउनुभयो ।

उहाँका अनुसार, गत आर्थिक वर्षमा शेयर सदस्यमध्ये राप्ती सोनारीका चक्रबहादुर थारुले सबैभन्दा धेरै १४ हजार ८३७ केजी बीउ उत्पादन गरी रु नौ हजार ६४४ प्रोत्साहन रकम प्राप्त गर्न सफल हुनुभएको छ ।

यसैगरी खोजलाल थारुले १० हजार ७९० बेजी बीउ उत्पादन गरी रु सात हजार १३ र गाउँपालिका अध्यक्ष पौडेलले गत आर्थिक वर्षमा नौ हजार ५०८ केजी बीउ उत्पादन गरी रु छ हजार १८० प्रोत्साहन रकम प्राप्त गर्नुभएको अध्यक्ष वलीले बताउनुभयो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ । एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय रैथाने जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो ।

“हामीले दश वर्षदेखि जिल्लामा उत्पादन हुने खाद्यबालीको बीउ उत्पादन गरी वितरण गर्दै आएपछि किसानलाई बीउ जोगाएर राख्नु पर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “हामीले कृषि अनुसन्धान केन्द्र खजुराबाट सिफारिस स्थानीय रैथाने जातको गुणस्तरीय बीउ उत्पादन गरी वितरण गर्न थालेपछि किसानलाई ठूलो राहत भएको छ ।”

सहकारीले यो वर्ष साकार कृषि सहकारीले एक हजार १०० क्विन्टल धानको बीउ बिक्री वितरण गरेको छ । गत वर्ष एक हजार ५०० क्विन्टल धानको बीउ बिक्री वितरण गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष धानको बीउ केही कम उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सहकारी संस्थाले किसानलाई बीउ उत्पादन कार्यमा प्रोत्साहन गर्ने कार्य स्राहनीय भएको बताउनुभयो । उहाँले सहकारीसँग समन्वय गरेर बाँके जिल्लामा बीउ उत्पादन कार्य आवश्यक सहयोग गर्ने बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाका किसानलाई स्थानीय रैथाने जातको बीउ संरक्षणमा प्रोत्साहन गर्न आफूले समेत धान र गहुँबालीको बीउ उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले राप्ती सोनारी गाउँपालिकालाई कृषि कर्मबाटै आर्थिक समृद्धितर्फ लैजान आफू लागि परेको बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्र अहिले पनि कृषि उत्पादनको लागि उपयुक्त रहेकाले आफूले प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै आएको बताउनुभयो ।

साकार कृषि सहकारी संस्थाको राप्ती सोनारी–५ बिनौनामा रहेको गोदाम घरमा बीउ उत्पादन र भण्डारण हुँदै आएको छ । गोदाम घर साँघुरो भएकाले आधुनिक गोदामघर निर्माणको लागि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोगको लागि आग्रह गरिएको सहकारीका व्यवस्थापक भरत केसीले बताउनुभयो ।

“स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ”, सहकारीका व्यवस्थापक केसीले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

उहाँका अनुसार, स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहन सक्ने र डुबान भएमा समेत थोरै मात्रै नोक्सानी हुने भएकाले धेरै टाढाबाट पनि यही जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेका छन् । सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो