२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको गुजरटोलमा वर्षौँपछि सडक कालोपत्र

२०८२, ४ असार बुधबार ११:३२

काठमाडौँ ।  कोहलपुर नगरपालिका–४ स्थित गुजरटोलमा एक सय ८० मिटर सडक कालोपत्र गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट रु २३ लाख ९६ हजार २१८ को लागतमा सो सडक कालोपत्र गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका–९ स्थित अनमोल निर्माण सेवाले वैशाख २८ गते सम्झौता गरेर जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा सञ्चालित गुजरटोलको बाटो कालोपत्र गर्ने कार्य सम्पन्न भएपश्चात गुजर टोलवासीमा खुसी छाएको वडा नं ४ का वडाध्यक्ष मुवारक अलि गुजरले बताउनुभयो ।
“खुसीको कुनै सीमा नै छैन, वर्षौँपछि धेरैपटक प्रयास गर्दा बल्ल सडक कालोपत्र भयो”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष गुजरले अझै केही मिटर सडक कालोपत्र गर्न बाँकी रहेको जानकारी दिँदै बाँकी सडक नयाँ आर्थिक वर्षमा सम्पन्न हुने बताउनुभयो । सडक कालोपत्र भएको सो बस्ती कोहलपुर बजारबाट साढे तीन किलोमिटर पश्चिममा पर्छ । यो एक सय ३० वर्ष पुरानो बस्ती रहेको वडाध्यक्ष गुजरले बताउनुभयो ।

नगर क्षेत्रमा विकास निर्माण कार्य भएता पनि बजार क्षेत्रबाट नजिकै अवस्थित रैथाने मुस्लिम समुदायको बाक्लो बस्ती रहेको गुजर टोलमा सडकको विकास भएको थिएन । सो टोलको बाटो कच्ची भएकाले बर्खायाममा स्थानीय बालबालिकालाई विद्यालय आवतआवत गर्न असहज थियो ।

सडक कालोपत्र भएपछि गुजरटोलको दुई सय र बेलनपुर बस्तीका एक हजार चार सय मुस्लिम समुदायका बासिन्दामा यातायातको सहजता भएको वडाध्यक्ष गुजरले बताउनुभयो । नगरपालिका क्षेत्रमा अहिले १८ वटा सडक स्तरोन्नति तथा तटबन्धसम्बन्धी आयोजना निर्माणको काम भइरहेको छ । यस्ता योजनाले समावेशी विकास, दिगो पूर्वाधार र जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार गर्ने दिशामा नगरपालिकालाई नयाँ उचाइमा पुर्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन