४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

४ असार २०८२, बुधबार १६:२१
काठमाडौं ।    नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले कारबाही गरेको छ । कार्यालयले आज यहाँ सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
सो क्रममा कार्यालय प्रमुख डा कृष्ण पौडेलले ऐन नियमावली तथा पशु ढुवानी मापदण्डविपरीत अवैध रुपमा आयात तथा ओसारपसार गरिएका गोरु, राँगा, भँैसी, कुखुराका चल्ला, मासु, अण्डा, माछालगायत नष्ट गरी ती सवारीसाधनलाई कारबाही गरिएको बताउनुभयो । उहाँका अनुसार ती सवारीसाधनबाट रु एक लाख २३ हजार पाँच सय जरिवाना वापत राजस्व सङ्कलन गरिएको छ ।
उहाँका अनुसार यस कार्यालयबाट जाँचका क्रममा सबैभन्दा धेरै बोइलर कुखुराका चल्ला ओसारपसार हुने गरेको छ । तेस्रो त्रैमासिकसम्म बोइलर चल्ला ७७ लाख ३० हजार ९८५ वटा यस कार्यालय हुँदै भित्रने र बाहिरिएका छन् । यस्तै १० लाख ५९ हजार ४७६ अण्डाका पेटी जिल्लाबाट बाहिरिएको उहाँले जानकारी दिनुभयो । बोका, खसी, बाख्रा एक लाख ४० हजार १२४, राँगा, पाडा, पाडी ८३ हजार २८१, भैसी ७७५, गाई ३२४ यस बाटोबाट गएका छन् ।
पौडेलका अनुसार यो बाटो हुँदै तयारी मासुमा माछा ४११ दशमलव ३०९ मेट्रिकटन, राँगा, भैसीको मासु १७६ दशमलव ८८३ मेट्रिकटन, खसीको मासु ५५ दशमलव ५९७ मेट्रिकटन, कुखुराको मासु १३५ दशमलव ५८ मेट्रिकटन र वंगुरको मासु १७८ दशमलब ९६६ मेट्रिकटन यस सडकको बाटो हुँदै गएको छ ।
ढुवानी गरेर ल्याइएका पशुका लागि पशु विश्रामस्थल र अवैध रुपमा ल्याइएका वा मरेका पशुलाई नष्ट गर्ने वायोलोजिकल पिटको अभावका कारण समस्या भएको उहाँले बताउनुभयो । पशुलाई ढुवानी गरेर ल्याएपछि आठ घण्टासम्म विश्रामको आवश्यकता पर्ने भए पनि विश्रामस्थल नहुँदा समस्या भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजय श्रेष्ठले स्थानीय तहमा वास्तिविक विवरण आउन नसक्दा समस्या भएको बताउनुभयो । आन्तरिक ओसारपसारका लागि स्थानीय तह जिम्मेवार बन्नु आवश्यक रहेको उहाँको भनाइ थियो । अहिले पशु क्वारेन्टाइन नहुँदा पशु हाटबजार रोग फैलाउने ‘हट स्पोट’ का रुपमा रहेको उहाँको भनाइ थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माले अवैध रुपमा हुने ओसारपसार रोक्न स्थानीय प्रशासनले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै स्थानमा कडाइका साथ जाँच गरिरहेका छांै, त्यस्तो भेटिए कारबाही गर्छौँ ।”
सो अवसरमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष वसन्त पराजुली, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, ह्याचरी उद्योग सङ्घका महासचिव ज्ञानबहादुर बिसुराललगायतले छिमेकी देशको खुला नाकाका कारण व्यवसायी मारमा परेको भन्दै यसलाई कडाइ गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ