५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

५ असार २०८२, बिहीबार १३:४४
काठमाडौँ । पर्वत जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।
गाउँभन्दा माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने बुढीकुलोसहितको बाढीले सल्यानको बस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको स्थानीय रुद्रलाल उपाध्यायले बताउनुभयो । बाढीपहिरोको जोखिमका कारण वर्षायाममा त्रासमा बस्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय दुर्गा पौडेलले बताउनुभयो ।
ठोट्नेरी, धारापानी, गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण सल्यान गाउँ बाढीपहिरोको जोखिममा परेपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा बस्ती संरक्षण योजना सञ्चालन गरेको थियो ।
पालिकाले विनियोजन गरेको रु ३५ लाख २० हजार लगातमा बाढी नियन्त्रण गर्न तीन सय ५० मिटर लामो नहर निर्माण गरिएको जलजला गाउँपालिकाका इञ्जिनियर सुनिल बानियाँले जानकारी दिनुभयो । गत माघ ७ गते जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्न उपभोक्ता समितिसँग योजनाको सम्झौता गरिएको थियो । बूढीकुलो बाढी नियन्त्रण योजनाअन्तर्गत गुन्टेखेतमा कुलो निर्माण गरिएको उल्लेख गर्दै तोकिएको मितिमा निर्माणको सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
गुन्टेखेत गाउँभन्दा माथिबाट पक्की नहर निर्माण गरेर बाढीलाई लुङ्दी खोलामा खसाल्ने गरी निर्माण गरिएको बूढीकुलो बाढी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष गङ्गाधर आचार्यले बताउनुभयो । बूढीकुलोमा पानीसँगै आएको बाढीले सल्यानको बस्तीलाई उच्च जोखिममा पारेपछि बस्ती संरक्षणका लागि वैकल्पिक नहर बनाएर पानीसहितको बाढी लुङ्दी खोलामा जाने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
गत वर्ष बूढीकुलोमा आएको बाढीका कारण नाथिमारेबाट खसेको पहिरोले सल्यानको भिरकुना र गगनपानीमा घर तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो । बाढी खसेर स्थानीय रुद्रलाल उपाध्याय, गिरिधारी पौडेल, महानन्द पौडेल, माधवप्रसाद पाध्या, नारायणप्रसाद पाध्या, खेमराज पौडेल, दुर्गा पौडेललगायत स्थानीयको एक सय मुरी धान फल्ने खेत पुरिएको थियो भने पहिरो खसेर गगनपानीका चार घर उच्च जोखिमा परेका थिए ।
निर्माणाधीन मिलनचोक–सल्यान–गुन्टेखेत–घायखेत–धारापानी–ठोटनेरी सडक आयोजनाका कारण गाउँभरीको पानी बूढीकुलोमा जम्मा भएर सल्यानमाथिको डाँडाबाट बस्तीतिर खस्दा गाउँ जोखिममा परेपछि गुन्टेखेतबाट वैकल्पिक नहर निर्माण गरी लुङ्दी खोलामा पानी फाल्ने व्यवस्था गरिएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । बाढी नियन्त्रण गर्न कुलो निर्माण गरेसँगै जोखिम कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ