2026-10-07 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

काठमाडौँ | स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहल रु १० हजार अनुदान दिइएको हो ।

फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट हल गोरुको तथ्याङ्क सङ्कलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको हो । हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत २२४ जना किसानहरु समेटिएका छन् । कुल २९० हल गोरुका लागि रु १४ लाख ४५ हजार अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रममार्फत आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्वलाई जोगाइ राख्नका लागि टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

“हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानले विशेषगरी आर्थिक, सामाजिक, पर्यावरणीय, सांस्कृतिक रुपमा समेत प्रभाव पार्ने देखिन्छ,” उहाँले भन्नुभयो, “किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिक रुपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक सङ्केत दिएको छ ।”

किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र पराम्परागत कृषि अभ्यासको पुनर्जीवनमा टेवा पुग्ने विश्वास उहाँको छ ।

यान्त्रिक प्रविधिहरुको प्रयोगबाट हुने जोताइको सट्टामा वातावरणमैत्री विधिको प्रोत्साहनमा जोड दिएको हो । “पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएको छ, हाम्रो परम्परा मेटिँदै गएको छ,” उहाँले भन्नुभयो, “एकातिर हाम्रो परम्पराको संरक्षण हुने र अर्कोतर्फ जैविक मल घरमै उत्पादन गर्न सकिने भएकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएका हौँ ।” यो कार्यक्रममा गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत साझेदारी रहेको फेदीखोला गाउँपालिका पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले बताउनुभयो ।

गाउँपालिकाले हल गोरु पालेका किसानहरुलाई प्रोत्साहन अनुदान दिनेसम्बन्धी सूचना सार्वजनिक गरेपछि वडावडाबाट निवेदन सङ्कलन भएको थियो । सङ्कलन भएका निवेदनहरुउपर जनप्रतिनिधि तथा कर्मचारीहरु घरघरमै पुगेर अुनगमनपश्चात् प्रमाणित भएपछि सम्बन्धित किसानको बैङ्क खातामा रकम जम्मा गरिदिने भएको उहाँले बताउनुभयो ।

“एउटै किसानले पालेको एक हल गोरु अथवा दुईजना किसानको मिलाएर एक हल गोरु बनाइएको रहेछ भने पनि पालिकाले प्रोत्साहनस्वरुप ७५ प्रतिशत अनुदान दिन्छ,” उहाँले भन्नुभयो, “गोरु पाल्ने किसानहरुको सबै तथ्याङ्क सङ्कलन गरी प्रक्रिया पूरा भइसकेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो