शंकर के सी/भदौ १९, सल्यान । विद्यार्थी जीवनदेखिनै गरीब, दुःखी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउन सके असल समाज निर्माण गर्न सकिने सल्यानम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी/भदौ १९, सल्यान । विद्यार्थी जीवनदेखिनै गरीब, दुःखी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउन सके असल समाज निर्माण गर्न सकिने सल्यानम"/>

2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गरीब, दुःखी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउनु पर्ने


शंकर के सी/भदौ १९, सल्यान । विद्यार्थी जीवनदेखिनै गरीब, दुःखी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउन सके असल समाज निर्माण गर्न सकिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको जिल्ला स्तरिय १६ औं जुनियर÷युवा गोष्ठीमा बोल्ने बक्ताहरुले जुनियर÷युवा रेडक्रस सर्कल विपत्तिमा परेका युवाहरूको साथी बनेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार देखि माध्यामिक विद्यालय किमुचौर, कपुरकोट सल्यानमा शुरु भएको दुइ दिने गोष्ठीमा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले विद्यार्थीमा अन्तनिर्हित प्रतिभालाई प्रष्फुटन गराउन जुनियर रेडक्रस सर्कल सफल भएको चर्चा गर्दै आगामी दिनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने–‘जुनियर रेडक्रस सर्कलले विद्यार्थीलाइ सक्रिय गराइ समाजमा रहेका विकृतिहरूबाट बाँच्न तथा समाजमा आइपर्ने विपत्तिहरूसँग लड्ने क्षमतावान् नागरिक तयार गर्न सक्रिय भएर लाग्नुपर्छ ।’ यस्तै कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले जुनियर÷युवा सर्कलमा म सेवा गर्छु भन्ने भावनाले भरिएका युवा, विद्यार्थी शक्तिहरूको जमात रहेकाले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

‘विद्यार्थी जीवनमा सिकेका कुराहरूले जीवनको अन्तिम क्षणसम्म राम्रो प्रभाव पार्न सक्छ,’ सेनले भने– ‘त्यसका लागी जुरेसले अझै प्रभावकारि काम गर्दै जाने छ भन्ने मेरो विश्वास छ, यसलाइ हरेक विद्यालयमा विस्तार गर्दै लैजानु पर्छ ।’

सर्कलमा जिल्ला संयोजक दिल्ली प्रसाद जैशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी दामोदर शर्मा, श्रोतव्यक्ति कृष्ण भण्डारी, नेपाल शिक्षक महासंघ सल्यानका संयोजक बामदेव अधिकारि, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, मावि किमुचौरका अध्यक्ष हरिलाल पुन, प्रधानाध्यापक सिट्टीसाप विष्ट लगाएतकाले मन्तव्य राख्दै विद्यार्थीलाइ देश तथा विदेशको वर्तमान अवस्थाको बारेमा जानकारी गराई मानवीय भावनाको विकास गराउनुपर्ने बताएका थिए ।

सोमबार र मंगलबार आवासीय रुपमा मावि किमुचौरमा संचालन हुने गोष्ठीमा जिल्लाका सम्पूर्ण मावि र निमाविबाट १ जना शिक्षक नायक, १ जना छात्रा र १ जना छात्र जुरेस सदस्य गरी तीनतीन जना सहभागी छन् । सल्यानमा ५५ बढि विद्यालयमा सर्कल गठन भएको र तीन हजार बढि सदस्यहरु रहेको बताउँदै सर्कलका सदस्य सचिव बिरेन्द्र कुमार राईले हरेक जुरेस सधै मानव सेवा प्रति सचेत र चनाखो रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग