2026-08-05 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

गोठमै विशेषज्ञ सेवा दिँदै पशु प्रजनन कार्यालय

2025-06-25
काठमाडौँ । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले पशु स्वास्थ्य उपचारमा विशेषज्ञ सेवा सुरु गरेको छ ।
बिरामी पशुको स्वास्थ्य जाँचका लागि भिडियो एक्सरेसहितको विशेषज्ञ सवा सञ्चालन गरिएको कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालले बताउनुभयो । “पशु प्रजनन् सेवा सँगसँगै हामीले पशु स्वास्थ्य उपचारमा भिडियो एक्सरेसहितको विशेषज्ञ सेवासमेत सुरु गरेका छाँै”, कार्यालय प्रमुख खनालले भन्नुभयो, “कार्यालयबाट उपलब्ध गराउँदै आएको यो सेवा किसानको मागअनुसार उहाँहरुको घर गोठमा समेत उपलब्ध गराउन सकिन्छ ।”
उहाँले एकजना किसानलाई मात्रै सेवा दिन दुर दराजमा पुग्न कठिनाइ हुने भए पनि छ/सात वटा ‘केश’ भए किसानलाई घर गोठमै पुगेर विशेषज्ञ सेवा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ । हाल यो सेवाबाट बाँके र बर्दियाका किसान लाभान्वित भएको कार्यालय प्रमुख डा खनालले बताउनुभयो ।
राष्ट्रिय पशु प्रजनन कार्यालयले पश्चिम नेपालमा पशुको नश्ल सुधार र घाँस उत्पादनमा किसानलाई साथ दिँदै आएको छ । विसं २०३६ मा बुल सेन्टरको रुपमा स्थापना भएको यो कार्यालयले विभिन्न आरोहअवरोह पार गर्दै ४६ वर्षदेखि यस क्षेत्रका किसानलाई सेवा प्रवाह गर्दै आएको कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खनालले बताउनुभयो ।
“स्थापनाको ४६ वर्ष पार गर्दा राष्ट्रिय पशु प्रजनन कार्यालयको नाम तीन पटक परिवर्तन गरिएको छ”, उहाँले भन्नुभयो, “विसं २०३६ मा बुल सेन्टरको रुपमा स्थापना भएको यो कार्यालय २०४२ सालमा पशु प्रजनन कार्यालय, २०६० सालमा चरन तथा घाँसेबाली बीउ वृद्धि फार्म र २०७५ मा सङ्घीयता कार्यान्वयनसँगै राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाट बाँकेमा रुपान्तरण भएको छ ।”
राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाट बाँकेले हाल लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम जिल्ला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पशुमा नश्ल सुधार तथा घाँस उत्पादन सेवा प्रवाह गर्दै आएको पशु प्राविधिक देवनारायण जैशीले बताउनुभयो ।
उहाँले कार्यालयबाट पशु नश्ल सुधारतर्फ कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण, चरन एवं बीउ वृद्धितर्फ हिउँदे वर्षे तथा बहुवर्षीय घाँसको बीउ उत्पादन तथा वितरणको काम हुँदै आएको जानकारी दिनुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले राष्ट्रिय पशु प्रजनन कार्यालय खजुरा गाउँपालिकाकै पहिचानको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले पशुको नश्ल सुधार र घाँसको बीउको लागि राष्ट्रिय पशु प्रजनन कार्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रिय पशु प्रजनन कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा एक लाख १७० ‘डोज’ वीर्य उत्पादन गरेको छ । विसं २०८१ साउनदेखि २०८२ जेठ महिनासम्म राँगा, साँढे र बोकाको गरी एक लाख १०० डोज वीर्य उत्पादन गरेको कार्यालयका सूचना अधिकारी डा मिलनकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार उत्पादन गरेकोमध्ये ६१ हजार डोज वीर्य किसानलाई वितरण गरिएको छ । यो अवधिमा ४३ हजार ८०० पशु चौपामा कृत्रिम गर्भाधान गराइएको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग