पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ २०, इलाम।</b> इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुभएको छ । <br></p><p>एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी दिनुभयो । </p><p>आले परिवारले दिएको जग्गालाई नापजाँच गरी स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रसम्म नै पहल गरिने वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । रासस </p>

