४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

१३ असार २०८२, शुक्रबार १३:५९
काठमाडौँ । शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार चालु आवमा बर्थिङ सेटरमा सुत्केरी भएका ३०२ महिलामध्ये २० वर्ष मुनिका ३० जना रहेका छन् । गत वर्ष त्यो सङ्ख्या २८ रहेको थियो । उमेर नपुगिकनै आमा बन्ने किशोरीको उमेर १६ देखि १९ वर्ष रहने गरेको छ ।
बीस वर्ष मुनिका किशोरीमा गर्भाधारणका लागि शरीर परिपक्व नहुँदा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । उहाँका अनुसार कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने प्रावधान भए पनि व्यवहारमा भने त्यो लागू हुन सकेको छैन । शिक्षा, जनचेतना र यौन स्वास्थ्यसम्बन्धी जानकारीको अभावले किशोरी सुरक्षित यौन व्यवहारबारे जानकारी नपाई गर्भवती हुने गरेको उहाँ बताउनुहुन्छ ।
शरीरको पूर्ण विकास नहुँदा प्रसूतिमा जटिलता, कम तौलको बच्चा जन्मिनु, सङ्क्रमणको जोखिम आमा रहन्छ भने जन्मने शिशुमा शारीरिक कमजोरी र सङ्क्रमण दर बढ्दो रुपमा रहेको पाइने गरेको उहाँले बताउनुभयो ।
“शिक्षा, जनचेतना र स्वास्थ्य सेवा सुदृढ पार्नसकेमात्रै किशोरी गर्भाधारण दर घटाउन सकिन्छ”, उहाँले भन्नुभयो, “समुदायस्तरमा महिला शिक्षाको पहुँचलाई अभिवृद्धि गर्दै किशोरीलाई यौन शिक्षा दिने कार्यसँगै बालविवाह विरुद्धको कानुनी प्रावधानबारे जानकारी गराइनुपर्छ ।”
अधिकांश २० वर्ष मुनिका गर्भवती हुने किशोरीमा विद्यालयको पढाइबीचमै छाडेर भागी विवाह गरेको पाइएको छ । अभिभावकको दबाबमा किशोरावस्थामै विवाह गरिएको भने पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ