2026-10-06 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डुबानमा परेको परिवारको उद्धार

2025-06-30

काठमाडौँ ।  गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित रूपमा विद्यालयमा सारिएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

“वर्षा हुने क्रम निरन्तर जारी रहेकाले खोला नालामा माछा मार्न हिँड्डुल गर्न तथा जथाभाबी घर बाहिर नजानका लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “डुबान तथा कुनै क्षति हुन गएमा नजिकको प्रहरी चौकीमा खबर गर्नका लागि स्थानीयसँग अनुरोध गरेका छौँ ।” उहाँका अनुसार महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा तल ६५ हजार चार सय ९० क्यूसेक रहेको छ ।

मोहना, चौधर, स्याली, सुनवोरालगायत नदीमा पानीको बहाव उच्च रहेको छ । मानवीय र चौपाया क्षति भने अहिलेसम्म नभएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै जिल्लाको अधिकांश स्थानमा भारी वर्ष भएको र थप वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्म उच्च सर्तकताका साथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो