सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्र"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान गेट निर्माण कार्य शुरु

२०७४, २१ भाद्र बुधबार १५:३९

शँकर केसी/भदौ २१, सल्यान । दाङ सल्यानको सिमानामा बुधबार देखि सल्यान गेट (प्रवेशद्वार) निर्माण कार्य शुरु भएको छ । 


सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्रियतामा गेट निर्माण कार्य शुरु भएको हो । गेटमा सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालका कलाकृतिको निर्माण गरिने गेट निर्माण अभियानका युवा ध्रुवराज ओलीले जनाए । 

युवाहरुले सल्यानलाइ परिचित र समृद्ध बनाउन केहि कार्य गर्नुपर्ने भन्दै सहयोग रकमबाट गेट निर्माण गर्न लागेका हुन् । अहिले सम्म दुइ लाख २० हजार रुपैया नगद जम्मा भइसकेको र झण्डै १० लाख रुपैयाको सहयोग प्रतिवद्धता आएको ओलीले जनाए ।

सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालको गेट बनाइने अर्का अभियान्ता संगम विहानीले जनाएका छन् । यसका साथै गेट निर्माण हुने ठाउँ नजिकै एउटा मन्दिर, एउटा प्रतिक्षालय अनी सम्भव भएसम्म एउटा पानीको धारो पनि बनाइने उनले जनाए । सल्यानको कपुरकोट गाउँपालिका र दाङको तुलसिपुर उपमहानगरपालिकाको सिमानामा गेट निर्माण कार्य शुरु गरिएको हो ।


बुधबार गेट निर्माण स्थलाइ फराकिलो बनाउने कार्य भएको विहानीले जनाए । गेट निर्माणका लागी १५ लाख बढि रकम लाग्ने अनुमान गरिएको छ । साथै युवाहरुले गेट निर्माण कार्यमा सहयोग गर्न आग्रह पनि गरेका छन् । 

आफुहरुको यो अभियान सल्यान जिल्लाको पहिचान कायम राख्न र जिल्लालाइ समृद्धितीर लैजानका लागी भएकाले सक्दो रकम सहयोग गर्न अभियान्ता ध्रुव ओलीले जनाए । सहयोग गर्न चाहने इच्छुकहरुले ९८४९९६९५४३ र ९८१०३५८६०९ मा सम्पर्क गर्न सक्ने पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ