2026-10-05 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

2025-07-07
काठमाडौं ।  व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने जोखिम क्षेत्रमा संरक्षणका लागि ग्याबिन पर्खाल निर्माण गरिएको छ । व्यास नगरपालिका–११ र १२ को छबिसेको बाँधदेखि बुल्दीखोला किनारसम्म डेढ किलोमिटर दूरीमा पर्खाल निर्माण गरेको हो ।
उक्त स्थानमा पर्खाल निर्माण गर्दा डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदी कटानका उच्च जोखिम भएका क्षेत्रमा वाल निर्माण कार्यले छवटा सिँचाइ योजनाका बाँध संरक्षण र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।”
करिब २० मिटर नदीको भाग छाडेर ग्याबिन पर्खाल निर्माण गरिएको छ, जसले खेतीयोग्य जमिन संरक्षणमा सहयोग मिलेको छ । “गत वर्ष असार महिनामा सम्झौता भएको र वर्षायामका कारण निर्माण कार्य अघि बढाउन सकिएको थिएन,” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको मङ्सिर महिनाबाट काम सुरू गरी निर्माण कार्य सम्पन्न गरिएको छ ।”
पर्खाल निर्माणको जिम्मा मनकामना गुरुङ निर्माण सेवाले पाएको छ । उक्त निर्माण कम्पनीले रु एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । उहाँले भन्नुभयो, “यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी रु ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना रहेको छ ।”
कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ योजनामध्ये पाँच योजनाको निर्माणसम्पन्न भइसकेको छ, सालबसालीका योजना बजेटअनुरूप सबै सम्पन्न गरिनेछ । बहुबर्षीय र स्रोत सुनिश्चित नभएकाबाहेक ९५ प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड