२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

२०८२, २३ असार सोमबार १४:४९

काठमाडौँ । मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपद्मा उक्त सङ्ख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो ।

समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने आँकलन गरिएको हो । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्याङ्कका आधारमा उक्त जनसङ्ख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरेको जनाइएको छ । “विशेषगरी यस वर्षको बाढीपहिराले जिल्लाका रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चाखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौँ”, समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भन्नुभयो ।

ढकालका अनुसार काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा बाढीपहिराको उच्च जोखिम देखिएको छ । समितिलाई प्राप्त तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी रोशी गाउँपालिकामा ५६ बस्ती र सबैभन्दा कम खानीखोला गाउँपालिकामा नौ बस्ती उच्च जोखिममा रहेको जनाइएको छ । रोशीमा एक हजार चार सय ३८ घरपरिवारका तीन हजार छ सय ६२ नागरिक उच्च जोखिममा रहेको पाइएको हो ।

नमोबुद्ध नगरपालिकाकोमा एक हजार एक सय ४२ घरपरिवारका चार हजार चार सय ११ नागरिक प्रभावित हुने आँकलन गरिएको छ । यस्तै पाँचखाल नगरका ४१ बस्तीमा आठ सय ६९ घरपरिवारका पाँच हजार छ सय ६८ नागरिक प्रभावित हुने देखिएको हो । मण्डदेउपुर नगरमा २४ बस्तीका दुई सय ४३ घरका नौ सय ४७ जना नागरिक प्रभावित हुने जनाइएको हो ।

सहरी क्षेत्रमा पर्ने बनेपामा २७ स्थान जोखिममा रहेकोमा आठ सय ११ घरपरिवारका दुई हजार दुइ सय ६१ नागरिक प्रभावित हुने आकलन गरिएको छ भने पनौतीमा १६ बस्तीका दुई सय ८६ घरका एक हजार तीन सय ९५ परिवार प्रभावित हुनसक्ने देखिएको समितिले जनाएको छ । समितिका अनुसार अर्को सहरी क्षेत्र अर्थात् सदरमुकाम धुलिखेलका २५ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका पाँच सय २१ घरपरिवारका एक हजार तीन सय ५१ नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

यसैगरि तेमालको ४६ बस्तीमा तीन सय आठ घरपरिवारका आठ सय ५०, बेचानचोकमा १३ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका ७७ घरका २ सय ८८ नागरिक सदस्य जोखिममा रहेका छन् । डाँडापारी क्षेत्रका महाभारतमा १३ जोखिमयुक्त बस्तीमा एक सय ३६ घरपरिवारका पाँच सय ६९, खानीखोलामा नौ उच्च जोखिम बस्तीमा ४७ परिवारका दुई सय ३३ नागरिक उच्च जोखिममा रहेको जनाइएको छ । कोशीपूर्व क्षेत्रस्थित चौँरीदेउरालीको उच्च जोखिममा रहेको ३६ बस्तीका दुई सय ७६ घरपरिवारका छ सय १९, भुम्लुमा उच्च जोखिममा रहेको ३९ बस्तीमा दुई सय २१ घरका सात सय ९१ नागरिक प्रभावित हुने आकलन गरिएको छ ।

गतसाल असोज ११ र १२ गतेको अविरल वर्षामा बाढीपहिराका कारण काभ्रेपलाञ्चोका ७८ को निधन भएको थियो भने छ जना बेपत्ता भएकाको अवस्थामा रहे । उक्त घटनामा ७५ जना घाइते भएका थिए । बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना रहेका थिए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

बाढीपहिरोबाट अन्य जिल्लाभन्दा काभ्रेपलाञ्चोकमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । मृतकको सङ्ख्या देशभर मृत्यु भएकामध्ये ३१ दशमलव ५६ प्रतिशत रहेको थियो । काभ्रेपलाञ्चोकमा बाढीपहिरामा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी थिए ।

समितिले मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय तह, विभिन्न सुरक्षा निकाय, संस्थालगायतका सरोकारवालासँग उद्धार, राहत तथा सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । यस्तै विपद्को समयमा तत्कालै प्रयोग गर्न मिल्ने गरी जिल्लाका एक सय ३५ वटा वडामा कम्तिमा प्रत्येक वडामा अथवा नजिकको वडालाई समेटेर हेलिप्याड तयार गरिएको, विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ