2026-10-05 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भोटेकोसीमा आएको बाढीमा बेपत्ता २० जनामध्ये १ जना मात्र शव पहिचान,४ जनाको मानव अंग फेला

काठमाडौं । मंगलबार बिहान रसुवागढीस्थित भोटेकोसी नदीमा अचानक आएको बाढीमा परी बेपत्ता २० जनामध्ये अहिलेसम्म एक जनाको शव मात्र पहिचान भएको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले आज (बिहीबार) बिहान १० बजे दिएको जानकारीअनुसार चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएकाप्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको मात्र सनाखत भएको हो।

उनको समेत हालसम्म ५ वटा शव र चार जनाको मानव अंग फेला परेको उनले बताए। सबै शव तथा मानव अंग काठमाडौँको महारा‍जगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। ती कसका शव तथा मानव अंग कसका हुन् भन्ने पत्ता लगाउने प्रयास जारी छ।

बाढीमा बेपत्तामध्ये अझै १९ जनाको अवस्था थाहा हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारीले बताए। बाढीमा अझै २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ नेपाली बेपत्ता छन्। बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ। धुन्चेदेखि टिमुरे जाने सडक बन्द छ।

रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा पनि क्षति भएको छ। बेपत्ताहरू पत्ता लगाउन विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी राखिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ