२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

२०८२, २६ असार बिहीबार १४:०६
काठमाडौं ।  तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्नुहुन्थ्यो । पछिल्लो समय उहाँले खेती विस्तार गरी ३० बिघा पुर्‍याउनुभएको छ । उहाँ समूहमा आबद्ध भएर तरकारीखेती गर्दै आउनुभएको हो । यहाँसँगै समूहमा ६१ जना कृषक आबद्ध छन् ।
‘नव सूर्य किरण तरकारी उत्पादन कृषक समूह’को अध्यक्षसमेत रहनुभएका सापकोटाले समूहले रूपमा वार्षिक रु एक करोडभन्दा बढीको तरकारी उत्पादन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उत्पादन गर्ने तरकारीमा विषादी प्रयोग नहुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ । व्यवसायी तरकारी लिन बारीमै आइपुग्ने र बुटवल, मणिग्राम, भैरहवालगायत ठाउँमा बिक्रीका लागि लैजाने गरेका छन् ।”
तिलोत्तमा नगरपालिका–१४ लाई २०७५ सालमा तरकारी पकेट क्षेत्रका रूपमा तोकेपछि यहाँका किसान लाभान्वित भएका हुन् । तिलोत्तमा–१४ का मुनीलाल लोधले दुर्गानगरमा तरकारीखेती गर्न थाल्नुभएको धेरै वर्ष भइसकेको छ । वडा नं १४ लाई पकेट क्षेत्र तोकिनुअघि परम्परागत रूपमा खेती गर्दै आउनुभएका उहाँले अहिले करिब डेढ बिघामा व्यावसायिक तरकारीखेती विस्तार गर्नुभएको छ ।
नव सूर्य किरण तरकारी उत्पादन कृषक समूहमा आबद्ध लोधले नगरपालिकाले पकेट क्षेत्र तोकेर उत्पादनका लागि आवश्यक मल, बीउ, उपकरण उपलब्ध गराएपछि सहज भएको बताउनुभयो । यहाँ उत्पादित तरकारी रुपन्देहीको ठुटीपिल, भलबारी, ड्राइभरटोल, बुटवललगायत क्षेत्रमा पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
तिलोत्तमा–१२ लाई बाख्राको पकेट क्षेत्र तोकिएको छ । यहाँका किसान नगरपालिकाले दिएको अनुदानमार्फत सहज रूपमा बाख्रापालनमार्फ जीविकोपार्जन गरिरहेका छन् । पहिले थोरै सङ्ख्यामा बाख्रापालन गरेका किसान पकेट क्षेत्र तोकेपछि सङ्ख्यात्मक रूपमा बढेका कृषक विष्णु यादवले उल्लेख गर्नुभयो ।
विसं २०७५ मा तिलोत्तमा–१२ लाई मकै पकेट क्षेत्र घोषणा गरिएको थियो । गत आर्थिक वर्षदेखि यो वडा बाख्राको पकेट क्षेत्रका रूपमा घोषणा गरिएसँगै किसान बाख्रापालनमा आकर्षित हुन थालेका कृषि शाखाले जनाएको छ । यस वडामा मकै खेतीभन्दा बाख्रापालनतर्फ कृषक आकर्षित भएका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।
नगरपालिकाले पकेट क्षेत्र भनेर तोके पनि यस्ता योजना कृषकको चाहनामा आधारित रहने भएकाले अलिे बाख्रा पकेट क्षेत्र ताकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक आर्थिक वर्षमा कृषकहरूको निवेदन र योजनाको आधारमा पकेट क्षेत्र तेकिन्छ । कृषकको योजना र निवेदन परेन भने निवेदनका आधारमा अन्य क्षेत्रमा पनि जान सकिन्छ ।” कृषकका लागि वितरण गरिएका कृषि औजारको सही सदुपयोग नहुँदा पकेट क्षेत्र परिवर्तन गर्न बाध्य हुनुपरेको भुसालको अनुभव छ ।
नगरले ‘एक वडा एक पकेट क्षेत्र’को योजना अघि सारेको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो । “पछिल्लो समय नगरभित्र खेतीयोग्य जमिनको क्षेत्रफल क्रमशः घट्दै गएको छ । रूपन्देहीबाट र रूपन्देही बाहिबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या बढ्दै जाँदा तिलोत्तमाको खेतीयोग्य जमिन घडेरीका रूपमा बिक्री हुन थालेपछि क्षेत्रफल घट्दै गएको हो”, उहाँले भन्नुभयो ।
सोही कारणले सबै वडा पकेट क्षेत्रमा समेटन नसकिएको खाँणले बताउनुभयो । उहाँका अनुसार तिलोत्तमा–१, २, ३, ४ बाहेक अन्य सबै वडा कुनै न कु्नै पकेट क्षेत्रका रूपमा तोकिएका छन् । यी वडाहरूमा कृषिभन्दा आवसीय क्षेत्र बढी छन् ।
यीबाहेक अन्य १३ वटा वडा फरकफरक पकेट क्षेत्रका रूपमा तमेकिएको प्रमुख खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ६ दूध, वडा नं ८ तेल्हन, वडा नं १० मकै, वडा नं ११ च्याउ, वडा नं १३ माछा पकेट क्षेत्रका रूपमा छन् । वडा नं १४ तरकारी, वडा नं १७ खाद्यान्नमा पकेट क्षेत्रका रूपमा तोकिएका हुन् ।
नीति तथा कार्यक्रममा तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिकता दिएको छ । कृषितर्फ ‘वैज्ञानिक कृषि प्रणालीको सम्मान दिगो कृषि तिलोत्तमाको अभियान’अन्तर्गत परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक एवं वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकलाई प्रोत्साहित गर्ने विषय समावेश छ ।
युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादन र कृषि उद्यम गर्ने उत्कृष्ट कृषक एवं उद्यमीलाई पुरस्कृत गर्ने, विगतमा घोषणा गरिएका अन्नबाली, तरकारी, धान, मकै, गहुँ, तेलहन, च्याउ, बाख्रा, दुग्ध उत्पादन क्षेत्र तथा मत्स्य उत्पादन पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रममा समेटिएको नगरप्रमुख खाँणले बताउनुभयो ।
उहाँका अनुसार पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान, बाँझोपनको उपचार, विभिन्न रोगहरु विरुद्धका भ्याक्सिन दिने कार्यक्रम थप व्यवस्थित गरी प्रभावकारी बनाइने, ‘एक खेतीः बहुआय नीति’ अन्तर्गत पुष्पखेती गर्नेलाई मौरीपालन गर्न मौरीको घार तथा धान खेतीमा हाँसपालन गर्न हाँसका चल्ला अनुदानमा उपलब्ध गराउने, ‘गरौँ चक्लाबन्दी खेती’ अभियानअन्तर्गत १० बिघा वा सोभन्दा बढी क्षेत्रफलको जग्गा चक्लाबन्दी गरी खेती गर्ने र २० बिघा क्षेत्रफलभन्दा बढी जग्गामा समूह बनाइ सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्नेलगायत कार्यक्रम समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो