2026-10-02 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

2025-07-15
काठमाडौँ | कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका आठ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छभने २० किलोमिटरमा पेवर्स विछ्याएको छ ।
“सडक पूर्वाधारको विकासमार्फत कनकाईले काचुली फेरेको छ,” कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल भन्नुहुन्छ–“स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो । यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माणका लागि बजेट कम गर्नु पर्ने अवस्था आएको छ ।”
सडक बनेपछि कृषि उपज बजारसम्म पु¥याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ । कनकाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीले आफ्नो वडामा ११ किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ कनकाईले गरेको विकासबारे जानकारी लिन एकपटक यहाँ आउन मेरो आग्रह छ । ”
क्षेत्रफलका आधारमा जिल्लाको सबैभन्दा सानो नगरपालिका कनकाईको अमरपथ, लक्ष्मीमार्ग, पञ्चायत मार्ग, जनपथ, भृकुटी र लक्ष्मीपुर–घैलाडुब्बा सडक मुख्य सडक मानिन्छन् । अधिकांश प्रमुख सडक कालोपत्र भइसकेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कनकाईको जनसङ्ख्या ५३ हजार छ । कनकाई वडा नं. ३ सुरुङ्गामा पालिकाले रु. चार करोड ५० लाख २९ हजार ११२ को लागतमा आधुनिक कृषिबजार भवन निर्माण गरिरहेको छ । नगरले कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ । नगरमा १५ शय्याको अस्पताल  निर्माणाधीन छ । आगामी जेठ १५ मा अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
कनकाई नगरपालिका नेपालको पहिलो विद्युत चुहावटमुक्त, बन्द निषेधित र सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो । नगरमा कनकाई कोटीहोम, धनुषकोटी धाम, जामुनखाडी सिमसार, हेप्पील्यान्ड लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता