२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘किमाथाङ्का राष्ट्रिय महत्वको नाका’

२०८२, ४ श्रावण शनिबार १२:१६
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको बताउनुभएको छ । यो नाका वर्षभरी सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उहाँको भनाइ थियो ।
सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकारले पनि किमाथाङ्का नाकामा विशेष चासो देखाएको उल्लेख गर्नुभयो । “सडक सञ्जाल जोडिएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आउनेछ”, उहाँले भन्नुभयो, “त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यो नाकाले महत्वपूर्ण भूमिका खेल्नेछ ।”
मन्त्री खड्काले जिल्लामा भारतीय लगानीका ठूला जलविद्युत् आयोजना पनि सञ्चालनमा रहेको उल्लेख गर्नुहुँदै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खड्काले चैनपुरको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दिगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो । यो आयोजनाले सङ्खुवासभासहितका चार जिल्लामा प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटेर काम गर्ने जानकारी पनि दिनुभयो ।
“स्रोत र साधन पर्याप्त हुँदाहुँदै पनि सङ्खुवासभा पछाडि परेको थियो”, उहाँले भन्नुभयो, “अब जनताको चाहना अनुरूप बजेट विनियोजन गरिएको छ । उहाँले ऊर्जा क्षेत्रमा मन्त्रालयले ८० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गर्दै अबको ध्यान विकास र समृद्धितर्फ केन्द्रित हुने बताउनुभयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे