२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

२०८२, ७ श्रावण मंगलवार १३:०९

काठमाडौँ | भक्तपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका-८ स्थित इटभु चोकमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

मंगलबार बिहान सवा ११ बजे बा ५ ख ४७८२ नम्बरको बसले भक्तपुर नगरपालिका-४ मंगलाछेँ की ७१ वर्षीय सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिएको हो।

बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि श्रेष्ठलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको डिएसपी न्यौपानेले बताए।

 

प्रहरीले बस र नुवाकोट घर भई काठमाडौं बस्ने २८ वर्षीय चालक निलकुमार तामाङलाई पक्राउ गरेको छ।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल