२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

७ श्रावण २०८२, मंगलवार १३:०९

काठमाडौँ | भक्तपुरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका-८ स्थित इटभु चोकमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्‍यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

मंगलबार बिहान सवा ११ बजे बा ५ ख ४७८२ नम्बरको बसले भक्तपुर नगरपालिका-४ मंगलाछेँ की ७१ वर्षीय सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिएको हो।

बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि श्रेष्ठलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको डिएसपी न्यौपानेले बताए।

 

प्रहरीले बस र नुवाकोट घर भई काठमाडौं बस्ने २८ वर्षीय चालक निलकुमार तामाङलाई पक्राउ गरेको छ।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै