३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली

११ श्रावण २०८२, शनिबार १७:१८

काठमाडौँ | झापामा प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

शनिबार दिउँसो भद्रपुर नगरपालिका–५ मा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि भारतको किसनगञ्जका ३६ वर्षीय मोहम्मद इस्लामलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट करिब १२० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले भित्री सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई नियन्त्रणमा लिन खोजेको थियो।

सो क्रममा उनले प्रहरी टोलीमाथि नै जाइलागी भाग्न प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताएको छ।

गोली लागेर घाइते भएका इस्लामलाई तत्कालै नियन्त्रणमा लिई उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली