३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

श्रीमती मारेर जेल गए थिए, छुटेपछि गरे प्रेमिकाकी छोरीको हत्या,२ महिलामाथि कुखुरी प्रहार

१६ श्रावण २०८२, बिहीबार १५:०४

काठमाडौँ | एक दशकअघि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेलसजाय काटेर आएका क्षीरेश्वरनाथ नगरपालिका– ९, इच्छापुरका ३५ वर्षीय रामबाबु साह फेरि अर्को हत्याको आरोपमा पक्राउ परेका छन् । आफूले प्रेम गर्दै आएकी महिलाले एकतर्फी प्रेम तोडेको आक्रोशमा उनले १२ साउनमा एक किशोरीको हत्या र दुई महिलालाई कुखुरी प्रहार गरी घाइते बनाएको अभियोग छ ।

धनुषा बटेश्वर गाउँपालि– ५, शान्तिपुर स्थायी घर भए पनि केही वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाँ चोरीमा डेरा गरी बस्दै आएकी आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा अञ्जलीको १३ साउनको राति उपचारका क्रममा मृत्यु भएको थियो । अन्य दुई घाइतेमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, पक्राउ परेका रामबाबु साह यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भई जेलसजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेको अभियोगमा उनी पक्राउ परी झण्डै पाँच वर्ष जेल बसेका थिए । २०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए । तर, श्रीमती हुँदाहुँदै साह पछिल्लो समय आशा यादवसँग प्रेम सम्बन्धमा थिए ।

रामबाबु र आशाबीचको सम्बन्ध परिवारमा समेत खुलेपछि आशाले दूरी बढाउन सुरु गरेकी थिइन् । पछि रामबाबु र आशाले मिलेर जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । प्रेम गरेको बापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर, केही समयअघि आशाले उक्त रिक्सालाई आफ्नो भाइको नाममा दर्ता गराइदिएकी थिइन् । त्यहीँबाट दुवै जनाबीच प्रेममा दूरी बढेको थियो । पछिल्लो समय आशाले उक्त डेरा परिवर्तन गरी आफ्नै श्रीमान् र छोरीसँग बस्न थालेकी थिइन् । आशाका श्रीमान् वैदेशिक रोजगारमा रहँदै आएका छन् ।

रामबाबुले फोन गर्दा आशाले प्रतिक्रिया नदिने, दूरी कायम गर्न खोज्ने र उनको श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि रामबाबु आक्रोशमा आएका थिए । घटनाको राति आशाले रामबाबुलाई फोनमा गाली गरेकी थिइन् । त्यसपछि रामबाबु खुकुरीसहित राति ११ बजे आशाको डेरामा पुगेका थिए । प्रहीका अनुसार रामबाबु डेरामा पुगेपछि आशालाई मारपिट गर्न सुरु गरे । त्यसपछि अञ्जलीसहित दुवै बहिनीले आमालाई बचाइरहेका थिए ।

त्यसपछि रामबाबुले हातमा लिएको कुखुरी आशामाथि प्रहार गर्न खोज्दा अञ्जली अगाडि बढेपछि उनलाई नै कुखुरी लागेको थियो । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार, मातिएका रामबाबुले पछि आशा र भतिजी राधामाथि पनि खुकुरी प्रहार गरेका थिए । घटनामा प्रयोग गरिएको खुकुरी र गाडीसमेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली