काठमाडौँ | रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । ना ६ प ६६३० नम्बरको मोटरसाइकल सियारी गाउँपालिका ७ मा दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षका राममिलन धवलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै उक्त दुर्घटनामा उनका छोरा मोटरसाइकल चालक ३२ वर्षका विनोद धवल गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देही डीएसपी गणेश सापकोटाले जानकारी दिए । टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचारका भइरहेको छ ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी जनाएको छ ।