शंकर के सी । भदौ २९, सल्यान। "बालमैत्री शासनः बालअधिकारको सम्मान" भन्ने नाराको साथमा सल्यानमा आज विहिबार बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

जिल्लाका वि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी । भदौ २९, सल्यान। "बालमैत्री शासनः बालअधिकारको सम्मान" भन्ने नाराको साथमा सल्यानमा आज विहिबार बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

जिल्लाका वि"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइयो

२०७४, २९ भाद्र बिहीबार १२:०८


शंकर के सी । भदौ २९, सल्यान। "बालमैत्री शासनः बालअधिकारको सम्मान" भन्ने नाराको साथमा सल्यानमा आज विहिबार बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

जिल्लाका विद्यालय, वाल अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले बालअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि हरेक तहको शासन पद्धति बालमैत्री हुनुपर्ने र बालबालिकाका विषयलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिदै यो दिवस मनाएका छन् ।

दिवसको अवसरमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौर सल्यानमा विविध कार्यक्रम भएका छन् । विद्यालयमा अध्ययनरत वालवालिकाले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले बालबालिकाहरुका लागि शारिरीक, बौद्धिक, र संवेगात्मक वातावरणको विकास गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सबै बालबालिकाहरुलाई समान अवसर प्रदान गर्नुपर्ने भन्दै बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार र बालश्रम शोषणको अन्त्यमा गाउँपालिका प्रतिवद्ध भएर लाग्ने बताएको विद्यालयका प्रधानाध्यापक सिट्ठीसाप विष्टले जनाएका छन् ।


उता त्रिवेणि गाउापालिका वडा नम्बर ३ मा रहेको आधारभूत विद्यालय दाङचुलीमा दिवसको अवसरमा प्रावि स्तरिय हाजीरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । जसमा सगरमाथा सदन प्रथम, धौलागीरि सदन द्धितीय, कञ्चनजंघा सदन तृतीय भएको शिक्षक मोहन विकले जनाएका छन् ।

यस्तै निमावि स्तरिय हाजीरिजाफ प्रतियोगीतामा अन्पूर्ण सदन प्रथम, कञ्चनजंघा सदन द्धितीय र धौलागीरि सदन तृतीय भएको जनाइएको छ ।

विव्यस अध्यक्ष गोविन्द केसीको अध्यक्षता तथा त्रिवेणि ३ का वडा सचिव इन्द्र वस्नेतको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा खुल्ला लोक गीत प्रतियोगीता पनि राखिएको थियो । जसको अनिता बुढाथोकी प्रथम, जरिना खातुन द्धितीय र सरिता ओली तृतीय भएको शिक्षक मोहन विकले जनाए ।

यस्तै कपुरकोट स्थीत ब्ल्यु डाइमण्ड ईंलीस स्कुलले पनि कार्यक्रम सम्पन्न गरेको छ । बाल अधिकारका विभिन्न नाराहरु लगाउँदै कपुरकोट बजार परिक्रमा गरेको ¥यालि कृषि हाटबजार स्थलमा गएर कार्यक्रममा परिणत भएको थियो । विद्यालयका सञ्चालक घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेन, वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेन लगाएतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित