शंकर के सी । भदौ २९, सल्यान। "बालमैत्री शासनः बालअधिकारको सम्मान" भन्ने नाराको साथमा सल्यानमा आज विहिबार बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

जिल्लाका वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी । भदौ २९, सल्यान। "बालमैत्री शासनः बालअधिकारको सम्मान" भन्ने नाराको साथमा सल्यानमा आज विहिबार बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

जिल्लाका वि"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइयो

२९ भाद्र २०७४, बिहीबार १२:०८


शंकर के सी । भदौ २९, सल्यान। "बालमैत्री शासनः बालअधिकारको सम्मान" भन्ने नाराको साथमा सल्यानमा आज विहिबार बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

जिल्लाका विद्यालय, वाल अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले बालअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि हरेक तहको शासन पद्धति बालमैत्री हुनुपर्ने र बालबालिकाका विषयलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिदै यो दिवस मनाएका छन् ।

दिवसको अवसरमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौर सल्यानमा विविध कार्यक्रम भएका छन् । विद्यालयमा अध्ययनरत वालवालिकाले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले बालबालिकाहरुका लागि शारिरीक, बौद्धिक, र संवेगात्मक वातावरणको विकास गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सबै बालबालिकाहरुलाई समान अवसर प्रदान गर्नुपर्ने भन्दै बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार र बालश्रम शोषणको अन्त्यमा गाउँपालिका प्रतिवद्ध भएर लाग्ने बताएको विद्यालयका प्रधानाध्यापक सिट्ठीसाप विष्टले जनाएका छन् ।


उता त्रिवेणि गाउापालिका वडा नम्बर ३ मा रहेको आधारभूत विद्यालय दाङचुलीमा दिवसको अवसरमा प्रावि स्तरिय हाजीरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । जसमा सगरमाथा सदन प्रथम, धौलागीरि सदन द्धितीय, कञ्चनजंघा सदन तृतीय भएको शिक्षक मोहन विकले जनाएका छन् ।

यस्तै निमावि स्तरिय हाजीरिजाफ प्रतियोगीतामा अन्पूर्ण सदन प्रथम, कञ्चनजंघा सदन द्धितीय र धौलागीरि सदन तृतीय भएको जनाइएको छ ।

विव्यस अध्यक्ष गोविन्द केसीको अध्यक्षता तथा त्रिवेणि ३ का वडा सचिव इन्द्र वस्नेतको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा खुल्ला लोक गीत प्रतियोगीता पनि राखिएको थियो । जसको अनिता बुढाथोकी प्रथम, जरिना खातुन द्धितीय र सरिता ओली तृतीय भएको शिक्षक मोहन विकले जनाए ।

यस्तै कपुरकोट स्थीत ब्ल्यु डाइमण्ड ईंलीस स्कुलले पनि कार्यक्रम सम्पन्न गरेको छ । बाल अधिकारका विभिन्न नाराहरु लगाउँदै कपुरकोट बजार परिक्रमा गरेको ¥यालि कृषि हाटबजार स्थलमा गएर कार्यक्रममा परिणत भएको थियो । विद्यालयका सञ्चालक घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेन, वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेन लगाएतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह