२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कांग्रेस संरक्षित यौन अपराधी कोइराला रास्वपाको हस्ताक्षर कार्यक्रममा पुगेपछि पक्राउ

२२ श्रावण २०८२, बुधबार ११:५६

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएकाे हाे ।

यौन दुर्व्यवहार मुद्दामा अदालतले कोइरालालाई दोषि ठहर गरेको थियो । उनले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर भएपछि सुनसरी जिल्ला अदालतले कसुरदार ठहर्याएको हो । नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका उनी पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् ।

काेइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा यौन दुर्व्यवहारको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई धरौटीमा छाेड्याे । तर सुनसरी जिल्ला अदालतले गत असार ३२ गते उनलाई कसुरदार ठहर गरेकाे छ ।

यो पनि पढ्नुहोस्- अमेरिका बस्ने अर्थराज कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा सुनसरीबाट पक्राउ

बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भए पनि उनी पक्राउ परेका थिएनन् ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।

विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मङ्गलवार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु