2026-08-05 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कांग्रेस संरक्षित यौन अपराधी कोइराला रास्वपाको हस्ताक्षर कार्यक्रममा पुगेपछि पक्राउ

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएकाे हाे ।

यौन दुर्व्यवहार मुद्दामा अदालतले कोइरालालाई दोषि ठहर गरेको थियो । उनले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर भएपछि सुनसरी जिल्ला अदालतले कसुरदार ठहर्याएको हो । नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका उनी पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् ।

काेइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा यौन दुर्व्यवहारको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई धरौटीमा छाेड्याे । तर सुनसरी जिल्ला अदालतले गत असार ३२ गते उनलाई कसुरदार ठहर गरेकाे छ ।

यो पनि पढ्नुहोस्- अमेरिका बस्ने अर्थराज कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा सुनसरीबाट पक्राउ

बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भए पनि उनी पक्राउ परेका थिएनन् ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।

विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मङ्गलवार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने