काठमाडौँ | झापामा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो शिवसताक्षी नगरपालिका- १० र ७ को सीमा क्षेत्रमा पर्ने टेक्रास्थित माईखोलाले बगाउँदा एकजना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा झापाकै कन्काई नगरपालिका- ५ बस्ने ६० वर्षीइ चन्द्र बहादुर बिक रहेका प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।