2026-08-05 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

छोरी–आमा हत्या प्रकरण: कालो कहानी,आमाको खून गराउन भाडामा लगाइन् विदेशी हत्यारा

काठमाडौँ | परपुरुषसँगको प्रेममा अन्धो भएपछि छोरी कतिसम्म निर्दयी, नृशंस र आपराधिक बाटोमा लाग्न सक्छिन् भन्ने उदाहरण हो, भक्तपुर चाँगुनारायणमा भएको एउटा हत्या प्रकरण।

बिहे गरेकी छोरीका ब्वाईफ्रेन्ड आमाले चिनिन्। अनि, निरन्तर खबरदारी गर्न थालिन्। परपुरुषसँगको प्रेममा लुप्त भएकी छोरीले ति आमा मार्नका लागि ‘कन्ट्रयाक्ट किलर’ भारतबाट नै मगाएकी थिइन्।

आखिर के थियो त्यो हत्याकाण्ड?
छ बर्षअघि अर्थात् यो घटना २०७६ सालको हो।

प्रहरी अनुसन्धानमा मोहम्मद नौसाद, ईश्वरी भट्टराई, मोहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई प्रहरीले पक्राउ गरेको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो। प्रहरीले समाते मध्यकी ईश्वरी उनकी छोरी थिइन्।

हत्याको मुख्य कारण भक्तपुरको कमलविनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने सिरहा विष्णुपुर स्थायी घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग मृतककी कान्छी छोरी ईश्वरीको विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको थियो।

हत्याको घटनासंगै परिवारका सदस्यले घरबाट २२ लाख हराएको प्रहरीमा बताए पनि त्यसको गुत्थी सुल्झिन सकेको छैन, अझै। मृतकका परिवारका सदस्यले घरमा रहेको २२ लाख फेला नपरेको बताएका थिए। प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो।

प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसंग ईश्वरी र उनका पतिले घर बनाउन १२ लाख रुपैयाँ सापटी लिएका थिए।

दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका पतिले सहकारीबाट १६ लाख ऋण लिएका थिए। उनले रेष्टुरेन्टको सेयर र सुनसमेत बेचेर २२ लाख रुपैयाँ घरमा राखेका थिए।

हत्याको घटनापछि उक्त रकम घरमा नभेटिएकाले हत्याराहरूले लगेको आशंका परिवारका सदस्यले गरेका थिए। प्रहरी अनुसन्धानले भने उक्त रकम हत्यामा संग्लनहरूको साथबाट नभेटिएको देखाएको थियो। सावित्रीको कम्मरमा रहेको दराजको साँचो भेटिएको र दराजभित्र लकरमा रहेको डेढ लाख रकम पनि जस्ताको तस्तै रहेको थियो।

अनुसन्धानमा संग्लन प्रहरीका अनुसार हत्यापछि भारतीय कन्ट्र्याक्ट किलर मोहम्मद रहिस र अर्जुन हेटौंडाको बसपार्कमा सर्तबमोजिम पैसा लिन चार घण्टासम्म कुरेर बसेका थिए। मोहम्मद नौसाद गजुरीमा रहेको र उनीहरूबीच पैसाको कुरा भएको देखिएको थियो।

अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गर्दा मोहम्मद रहिस र अर्जुनकुमारले बेर्खची भएको र पैसा पाउने आशमा हेटौंडामा कुरी बसेको बताएका थिए।

गजुरीबाट पक्राउ परेका मोहम्मद नौसादको साथमा पनि प्रहरीले पैसा भेटाएन। प्रहरीका अनुसार रहिस र अर्जुनकुमारले हत्या गरेबापत पाउने भनेको दुई लाख नपाए जे पनि गर्न सक्ने भन्दै धम्की दिएका थिए। रकम नपाए भारतको मधुवनीमा रहेकी नौसादकी दिदीलाई हत्या गर्ने धम्कीसम्म दिएको देखिएको थियो।

पैसा लुट्नेभन्दा पनि यौन स्वार्थकै निम्ति हत्या भएको देखिएको पनि प्रहरी अनुसन्धानमा खुलेको थियो। पैसा लुटिएको प्रमाण भेटिएको देखिएको थिएन।

यो प्रकरण उपत्यकामा भएको हत्या श्रृङ्खलाको एउटा भयानक विषय बनेको थियो। ईश्वरीको बिहेपछिको प्रेमको कारण नै हत्याकाण्ड मच्चाइएको भन्ने पुष्टि पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने