२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

छोरी–आमा हत्या प्रकरण: कालो कहानी,आमाको खून गराउन भाडामा लगाइन् विदेशी हत्यारा

२७ श्रावण २०८२, सोमबार १२:२५

काठमाडौँ | परपुरुषसँगको प्रेममा अन्धो भएपछि छोरी कतिसम्म निर्दयी, नृशंस र आपराधिक बाटोमा लाग्न सक्छिन् भन्ने उदाहरण हो, भक्तपुर चाँगुनारायणमा भएको एउटा हत्या प्रकरण।

बिहे गरेकी छोरीका ब्वाईफ्रेन्ड आमाले चिनिन्। अनि, निरन्तर खबरदारी गर्न थालिन्। परपुरुषसँगको प्रेममा लुप्त भएकी छोरीले ति आमा मार्नका लागि ‘कन्ट्रयाक्ट किलर’ भारतबाट नै मगाएकी थिइन्।

आखिर के थियो त्यो हत्याकाण्ड?
छ बर्षअघि अर्थात् यो घटना २०७६ सालको हो।

प्रहरी अनुसन्धानमा मोहम्मद नौसाद, ईश्वरी भट्टराई, मोहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई प्रहरीले पक्राउ गरेको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाटी रेटी हत्या गरिएको थियो। प्रहरीले समाते मध्यकी ईश्वरी उनकी छोरी थिइन्।

हत्याको मुख्य कारण भक्तपुरको कमलविनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने सिरहा विष्णुपुर स्थायी घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग मृतककी कान्छी छोरी ईश्वरीको विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको थियो।

हत्याको घटनासंगै परिवारका सदस्यले घरबाट २२ लाख हराएको प्रहरीमा बताए पनि त्यसको गुत्थी सुल्झिन सकेको छैन, अझै। मृतकका परिवारका सदस्यले घरमा रहेको २२ लाख फेला नपरेको बताएका थिए। प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीका निम्ती जग्गा किन्न भन्दै २२ लाख जुटाइएको थियो।

प्रहरीका अनुसार मृतककी भारतमा रहेकी जेठी छोरीसंग ईश्वरी र उनका पतिले घर बनाउन १२ लाख रुपैयाँ सापटी लिएका थिए।

दिदीले जग्गा किन्ने भएपछि ईश्वरीका पतिले सहकारीबाट १६ लाख ऋण लिएका थिए। उनले रेष्टुरेन्टको सेयर र सुनसमेत बेचेर २२ लाख रुपैयाँ घरमा राखेका थिए।

हत्याको घटनापछि उक्त रकम घरमा नभेटिएकाले हत्याराहरूले लगेको आशंका परिवारका सदस्यले गरेका थिए। प्रहरी अनुसन्धानले भने उक्त रकम हत्यामा संग्लनहरूको साथबाट नभेटिएको देखाएको थियो। सावित्रीको कम्मरमा रहेको दराजको साँचो भेटिएको र दराजभित्र लकरमा रहेको डेढ लाख रकम पनि जस्ताको तस्तै रहेको थियो।

अनुसन्धानमा संग्लन प्रहरीका अनुसार हत्यापछि भारतीय कन्ट्र्याक्ट किलर मोहम्मद रहिस र अर्जुन हेटौंडाको बसपार्कमा सर्तबमोजिम पैसा लिन चार घण्टासम्म कुरेर बसेका थिए। मोहम्मद नौसाद गजुरीमा रहेको र उनीहरूबीच पैसाको कुरा भएको देखिएको थियो।

अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गर्दा मोहम्मद रहिस र अर्जुनकुमारले बेर्खची भएको र पैसा पाउने आशमा हेटौंडामा कुरी बसेको बताएका थिए।

गजुरीबाट पक्राउ परेका मोहम्मद नौसादको साथमा पनि प्रहरीले पैसा भेटाएन। प्रहरीका अनुसार रहिस र अर्जुनकुमारले हत्या गरेबापत पाउने भनेको दुई लाख नपाए जे पनि गर्न सक्ने भन्दै धम्की दिएका थिए। रकम नपाए भारतको मधुवनीमा रहेकी नौसादकी दिदीलाई हत्या गर्ने धम्कीसम्म दिएको देखिएको थियो।

पैसा लुट्नेभन्दा पनि यौन स्वार्थकै निम्ति हत्या भएको देखिएको पनि प्रहरी अनुसन्धानमा खुलेको थियो। पैसा लुटिएको प्रमाण भेटिएको देखिएको थिएन।

यो प्रकरण उपत्यकामा भएको हत्या श्रृङ्खलाको एउटा भयानक विषय बनेको थियो। ईश्वरीको बिहेपछिको प्रेमको कारण नै हत्याकाण्ड मच्चाइएको भन्ने पुष्टि पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने