३१, काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले स्वयम्भू क्षेत्रका संरचनाहरुमा गम्भीर क्षति पुगे पनि त्यसको जीर्णोदार भने निकै सुस्त द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

३१, काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले स्वयम्भू क्षेत्रका संरचनाहरुमा गम्भीर क्षति पुगे पनि त्यसको जीर्णोदार भने निकै सुस्त द"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वयम्भूको जीर्णोद्वार सुस्त

३१ भाद्र २०७४, शनिबार ०५:५८


३१, काठमाडौं । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले स्वयम्भू क्षेत्रका संरचनाहरुमा गम्भीर क्षति पुगे पनि त्यसको जीर्णोदार भने निकै सुस्त देखिएको छ । 

गति सुस्त हुँदा अधिकांश संरचना थप कमजोर हुँदै गएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति अध्यक्ष सर्वज्ञरत्न तुलाधरले त्यस क्षेत्रको जीर्णोद्धारका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको भए पनि विभिन्न कारणले काम अगाडि बढ्न नसकेकामा चिन्ता व्यक्त गरे ।

विभिन्न संघसंस्थाका प्रतिनिधिले आआफ्ना स्वार्थपूर्ण माग राखेर महासमितिलाई कानून विपरीत काम गर्न उक्साउने गरेकामा स्थानीयवासी चिन्तित देखिन्छन् । निःशुल्क पार्किङ क्षेत्रलाई शुल्क लिनका लागि विभिन्न तहबाट महासमितिलाई दबाब आइरहेको बताइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू चैत्य अहिले संरक्षणको अभावमा जीर्ण छ । चैत्यको गोलाद्र्धका विभिन्न भागमा सामान्य चिरा परेको छ भने त्रयोदश भुवनका चक्का भत्कने स्थितिमा देखिएको छ ।

त्यस क्षेत्रको संरक्षणमा अहिले एउटा समिति छ । जसले चैत्य तथा त्यस वरपर क्षेत्रको व्यवस्थापन तथा मर्मत कार्यमा भूमिका निर्वाह गर्दै आएको छ । स्वयम्भू महाचैत्यदेखि करिब १ किमीको दूरीमा रहेको सानो चैत्यको सामान्य मर्मत तथा जीर्णोद्धार सोही महासमितिले गरिसकेको छ ।

चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । उनका अनुसार महासमितिले विभिन्न माध्यमबाट संकलन गरेको आर्थिक स्रोत खर्च गरी शान्तिपुर मर्मत गरिरहेको छ । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्धार अघि बढाइएको हो । नयाँ प्रविधिको प्रयोग गरी चैत्यको मर्मतसम्भार पूरा गरिने महासमितिले जनाएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले ऐतिहासिक महत्वका पुरातात्विक क्षेत्र अबको दुई वर्षभित्र निर्माण गरिने योजना रहेको बताउँदै प्रतापपुर अबको एक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए ।

स्वयम्भूको अनन्तपुरको पुनःनिर्माणको अधिकांश कार्य सम्पन्न भइसकेको छ । त्यस क्षेत्रको अर्को प्राचीन महत्वको टासी गुम्बा पनि महासमितिले ८० प्रतिशतभन्दा बढी निर्माण गरेको छ ।

स्वयम्भू शब्द संस्कृत भाषामा ‘स्वयम् भवती’ बाट सिर्जना भएको छ । यसको अर्थ हो, आफैँ बन्छ अर्थात् दैवी शक्तिद्वारा निर्मित । स्वयम्भूनाथ चैत्य बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा आस्था प्रकट गर्ने स्थल हो । हिन्दू धर्मावलम्बीले पनि स्वयम्भूको परिक्रमा गरी शान्तिको अनुभव गर्ने गरेको पाइन्छ ।

उक्त चैत्य उत्पत्तिबारे विभिन्न मानिसका फरक फरक विश्वास पाइन्छ । विपस्सी बुद्धले रोपेको कमल चमत्कारिक रुपमा उज्यालो भई ज्योति दिएको र त्यसबाट बुद्धदेव प्रकट भएको किंवदन्तीसमेत पाइन्छ । उक्त चैत्य उत्पत्ति भएको खबर पाएपछि चीनबाट मञ्जुश्री दर्शनका लागि नेपाल आएको विश्वास छ ।

सोही क्रममा मञ्जुश्रीले काठमाडौँ उपत्यका पानीले जलमग्न भएको देखेपछि दैवी शक्तिको प्रयोगबाट चोभारको गल्छीमा खड्गले काटेर निकास दिएपछि यहाँ बस्ती बसालेको केहीको विश्वास छ । महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका अधिकांश घर निर्माण हुने क्रममा रहेको कोषाध्यक्ष पुण्यसागर लामाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही