२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

होहल्ला गरेको भन्दै ८५ वर्षीय वृद्धको खुकुरी प्रहार गरि हत्या,२ जना पक्राउ

३० श्रावण २०८२, बिहीबार १७:३५

काठमाडौँ | सिरहामा ८५ वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सरहाकै धनगढीमाई नगरपालिका २ भवानीपुर टोल बस्ने ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले साउन १४ गते चोरी गर्ने उदेश्यले दुबै जना आरोपित धनगढीमाई ११, आमचौक स्थित ८५ वर्षीय फनिलाल यादवको घरमा चोरी गर्ने उदेश्यले छिरेकोमा होहल्ला गरेपछि यादवमाथि खुकुरी प्रहार गरेका थिए।

प्रवक्ता पासवानले साँझको समयमा यादव घाईते अवस्थामा फेला परेकोमा उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएकोमा उपचारको क्रममा राति ८ बजेर २० मिनेटमा मृत्यु भएको घटनामा दुबैजनालाई पक्राउ गरिएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी कार्यालय र केन्द्रिय अनुसन्धान व्युरोको संयुक्त टोलीले अनुसन्धानको क्रममा घटनास्थल नजिकै जडान रहेको सिसिटिभि क्यामेरामा चौधरीलाई शंकास्पद अवस्थामा देखेका थिए।

चौधरीलाई खोजतलाश गर्ने क्रममा मंगलबार उनको आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन्। दुबै जनाले वारदातमा प्रयोग भएको हतियार चौधरीको काकाको रहेको र घटना पश्चात काकाको घरमा नै रहेको खुलेपछि सोही दिन वारदातमा प्रयोग भएको हतियार बरामद गरिएको थियो।

मण्डललाई प्रहरीले गत शुक्रबार नै अभद्र व्यवहार कसूरको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको थियो। दुबै जनाको हकमा सिरहा जिल्ला अदालतबाट बुधबारदेखि लागु हुने गरी ७ दिनको म्यादथप अनुमती प्राप्त गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने