२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

होहल्ला गरेको भन्दै ८५ वर्षीय वृद्धको खुकुरी प्रहार गरि हत्या,२ जना पक्राउ

२०८२, ३० श्रावण बिहीबार १७:३५

काठमाडौँ | सिरहामा ८५ वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सरहाकै धनगढीमाई नगरपालिका २ भवानीपुर टोल बस्ने ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले साउन १४ गते चोरी गर्ने उदेश्यले दुबै जना आरोपित धनगढीमाई ११, आमचौक स्थित ८५ वर्षीय फनिलाल यादवको घरमा चोरी गर्ने उदेश्यले छिरेकोमा होहल्ला गरेपछि यादवमाथि खुकुरी प्रहार गरेका थिए।

प्रवक्ता पासवानले साँझको समयमा यादव घाईते अवस्थामा फेला परेकोमा उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएकोमा उपचारको क्रममा राति ८ बजेर २० मिनेटमा मृत्यु भएको घटनामा दुबैजनालाई पक्राउ गरिएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी कार्यालय र केन्द्रिय अनुसन्धान व्युरोको संयुक्त टोलीले अनुसन्धानको क्रममा घटनास्थल नजिकै जडान रहेको सिसिटिभि क्यामेरामा चौधरीलाई शंकास्पद अवस्थामा देखेका थिए।

चौधरीलाई खोजतलाश गर्ने क्रममा मंगलबार उनको आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन्। दुबै जनाले वारदातमा प्रयोग भएको हतियार चौधरीको काकाको रहेको र घटना पश्चात काकाको घरमा नै रहेको खुलेपछि सोही दिन वारदातमा प्रयोग भएको हतियार बरामद गरिएको थियो।

मण्डललाई प्रहरीले गत शुक्रबार नै अभद्र व्यवहार कसूरको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको थियो। दुबै जनाको हकमा सिरहा जिल्ला अदालतबाट बुधबारदेखि लागु हुने गरी ७ दिनको म्यादथप अनुमती प्राप्त गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि