2026-08-04 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वडाध्यक्ष कुँवरद्वारा तलब भत्ता ज्येष्ठ नागरिकलाई वितरण

काठमाडौँ | कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफूले पाएको तलब–भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ ।

वडाध्यक्ष कुँवरले घटस्थापनाको अवसरमा आज वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रु दुई लाख ६२ हजार वितरण गर्नुभयो । उहाँका अनुसार १४२ ज्येष्ठ नागरिक र अपाङ्गता भएका २० जनालाई जनही रु एक हजार ५०० का दरले रकम वितरण गरिएको हो ।

पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गर्नुभएको थियो । उहाँ दोस्रो कार्यकालमा समेत नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

“मैले राज्यबाट सेवा सुविधाबापत पाउने सबै रकम सामाजिक कार्य र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्दै आएको छु”, वडाध्यक्ष कुवँरले भन्नुभयो, “यसपालि पनि दसैँ मनाउन सहयोग पुगोस् भनेर वृद्ध आमाबुबाहरुलाई रकम वितरण गरेको छु ।” उहाँले लगातार आठ वर्षदेखि आफूले पाएको सुविधाको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको बताउनुभयो । उहाँले आफूले पाउने रु २२ हजार ४७० पारिश्रमिक जम्मा गरेर दसँैका बेला वितरण गर्ने गर्नुभएको छ । वडाध्यक्ष कुँवरले कतिपय ज्येष्ठ नागरिकको औषधि उपचार खर्च समेत आफैले बेहोर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट