१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना

१६ आश्विन २०८२, बिहीबार ०८:२८

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर पुनः स्थापना गरेको छ ।

महानगर-८ गायत्रीमार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना गरिएको हो । महानगर सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले विधिपूर्वक पूजा गरी गजूर स्थापना गर्नुभएको हो ।

वडाध्यक्ष सङ्गतले दुईतल्ला रहेको प्यागोडाशैलीको मन्दिर रु एक करोड १५ लाखको लागतमा निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी माघभन्दा पहिले साइत नजुरेकाले गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्तिसमेत साइत मङ्गलबार स्थापना गरिएको बताउनुभयो ।

गत माघ ७ गते मन्दिर पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो । त्यसअघि एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको थियो । मन्दिरको ऐतिहासिक दस्ताबेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरात्त्वविद्हरूबाट मन्दिरको रेखाङ्कन गरिएको थियो । इँटा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार