२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

१० कार्तिक २०८२, आईतवार १८:२५

काठमाडौँ | म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बेनीनगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको २०६२ असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका ठहरबहादुर नाताले मृतक घर्तीका भाइ हुन् । घरमा सुतिरहेका कर्णबहादुरलाई उनले दाउराले हानेर हत्या गरेको र उहाँकी श्रीमतीलाई समेत दाउराले हानेर गम्भीर घाइते बनाई गरगहना लुटेर भागेर भारत गएको अभियुक्त घर्तीले बयान दिएको प्रहरीले जनाएको छ ।

घटनापछि अभियुक्त घर्ती पाँच वर्ष भारतको मुम्बई बसेका थिए भने त्यसपछि पोखरा आएर खाजा पसल सञ्चालन गर्नुका साथै देशका विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरी लुकीछिपी घर आउनेजाने गरेको पाइएको छ । घर्तीलाई प्रहरीले यही कात्तिक १ गते पक्राउ गरी मुलुकी अपराधसंहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

अभियुत्त घर्ती क्षेत्री यसअघि पनि जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । विसं २०५९ पुसमा जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएकामा २०६० चैत ७ गते तत्कालीन विद्रोही माओवादीले गरेको बेनी आक्रमणका क्रममा कारागारबाट भागेर फरार भएका थिए । जिल्ला अदालत म्याग्दीले २०६६ जेठ १६ गते घर्ती क्षेत्रीलाई जबर्र्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य