2026-11-28 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता

2026-11-03

काठमाडौँ | दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणपछि देशका विभिन्न क्षेत्रमा आपत्कालीन विद्युत् कटौती गर्नुपरेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले रुसी आक्रमण अमेरिकी निर्वाचनकै दिन भएको उल्लेख गरे । “रुसीहरूले अमेरिकाले उनीहरूको यो सन्देशलाई ध्यान दिनेछैन भन्ने ठानेका छन्,” उनले भने, “तर हामीले यस्तो आतङ्कलाई गम्भीरतापूर्वक लिनुपर्छ र रोक्नुपर्छ । युक्रेनलाई आफ्नो आकाशको रक्षा गर्न सहयोग गर्न आवश्यक छ । अन्यथा रुसले क्षेप्यास्त्र आक्रमण गर्न कहिल्यै छाड्ने छैन ।”

दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोम्युशुभाखा गाउँमा मानवीय सहायता वितरणका लागि प्रयोग भइरहेको विद्यालय भवनलाई लक्षित गरी रुसले निर्देशित बम आक्रमण गरेको थियो । त्यसपछि नजिकै रहेको आश्रयस्थललाई पनि निशाना बनाइएको थियो । क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख मिखाइलो सेमिकिनले मङ्गलबार दिएको जानकारीअनुसार, मृत्यु हुनेमा चार प्रहरी अधिकारी र दुई उद्धारकर्मी पनि छन् । आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र र ड्रोनको संयुक्त आक्रमणमा कम्तीमा ६२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । नेमिस्ल्यान्स्की जिल्लास्थित एउटा स्वास्थ्य संस्थामा आक्रमणबाट क्षति पुगेको छ । साथै, चारवटा आवासीय भवनका झ्याल फुटेका छन् भने केही सवारीसाधनमा पनि क्षति पुगेको छ । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभका अनुसार, दुई सयभन्दा बढी बिरामीलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ