काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै पोखरा एभेन्जर्सले पहिला ब्याटिंग गर्ने भएको हो ।
जारी प्रतियोगितामा लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।