२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जङ्गलभित्र लगेर कारमा आगजनी

१४ कार्तिक २०८२, बिहीबार १४:४१

काठमाडौँ | मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ ।

मेची राजमार्ग अन्तर्गतको चारआली–चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

कार आगजनीबारेमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । उहाँले भन्नुभयो, “जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”

आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । आगजनीपछि कार चालक फरार भएका छन् । स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट