२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

समयमा स्याउ राख्ने काटुन नपुग्दा स्याउ निकासीमा ढिलाई

२२ भाद्र २०७२, मंगलवार ०६:५७

दान बहादुर बुढा, भदौ २२, मुगु / जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालय स्याउ राख्ने कार्टुन उपलब्ध गराउन नसके पछि स्याउ निकासीमा कृषक स्याउ खेराजानेमा चिन्तामा छन ।

apple 1
“स्याउ धेरै छ पाकेर रुखबाट झर्न थालि सक्यो, अलि अलि भएको काटुनमा स्याउ राखेर नेपालगञ्ज पठाएँ अरु कुहिने हो कि भन्ने चिन्ता छ । कार्किवाडा गाविसका स्थानीय रामभक्त रोकायाले भने ।

”कृषकका स्याउ बगैचामा फलेको स्याउ पाकेर झर्न थाले पनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने काटुन समयमा नै वितरण नगरे पछि स्याउ कसरी बाहिरी जिल्ला पठाउने भन्नेमा कृषकहरु चिन्तामा छन । कार्यालयले जिल्लामा फलेको स्याउ सहज रुपमा जिल्ला बाहिर लैजानका लागि स्याउ कृषकलाई हरेक वर्ष उपलब्ध गराउदै आएको छ ।

apple 2तराई बन्दका कारण खरिद गरिएका काटुन विच बाटोमा नै रोकिएकाले कृषकलाई वितरण गर्न नसकिएको कृषि कार्यालयले जनाएको छ । गत वर्ष बाँकि रहेका काटुन कृषकलाई वितरण गरिएको र बाटोमा रोकिएका काटुन आए कृषकलाई वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनारयण पाण्डेले जानकारी दिए ।

गएको वर्ष जिल्लामा उत्पादन भएको स्याउ वर्षाका कारण हवाई यातायात तथा सडक मार्ग बन्द भएपछि जिल्ला बाहिर निकासी हुन नसक्दा खेर गएको थियो । अहिले सडक यातायात र हवाई यातायात सुचारु रहे पनि स्याउ राख्ने काटुन नपाउदा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि लाखौको स्याउ खेराजाने हो कि भन्ने चिन्तामा कृषकहरु छन ।

स्याउ पाकेपछि अहिले कृषकले आफ्ना बगैचाका स्याउ टिप्न सुरु गरेका छन । स्याउ टिपे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकले सस्तो मुल्यमा स्याउ विक्रि गरिरहेका छन । गत वर्ष जिल्ला बाहिर स्याउ नपठाए पनि चालिस हजार बराबरको स्याउ जिल्लामा नै विक्रि गरेको र बाँकि सबै खेर गएको कार्कीवाडा गाविस वडा नम्बर २ की राजमाया रावलले बताईन ।

अहिले जिल्लामा २५ रुपैयाँ देखि ४० रुपैयाँ प्रति केजी स्याउ विक्रि भईरहेको छ । शुक्रवार मात्र जिल्लाबाट एक सय क्वीण्टल स्याउ निकासी भएको छ । नेपालगञ्ज बन्द भन्छन , यता स्याउ पाकेर झर्न थालिसक्यो , जे पर्ला पर्ला भनेर ७२ क्वीण्टल नेपालगञ्ज तर्फ पठाएँ कार्कीवाडा गाविस वडा नम्बर ६ निवासी हस्तबहादुर कार्कीले बताय भने ।

apple 3
सदरमुकाम आसपासका कार्कीवाडा, रुगा, रोवा, पिना गाविसमा उत्पादन भएको स्याउ सदरमुकाम र नेपालगञ्ज तर्फ खपत हुने भए पनि सदरमुकाम बाहिरका माँग्री, जिमा, रारा, खमाले ,सुकाढिक , कालै लगायतका गाविसमा फलेको स्याउ यातायात र भौगोलिक विकटताका कारण खेर जाने गरेको छ । जिल्लामा १ हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्ला भरमा २ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष ३ हजार ९ सय ९० मेट्रिक टन उत्पादन भएको अनुमान छ । जिल्लामा उत्पादन भएको स्याउ सुरक्षित राख्न विभिन्न स्थानमा भण्डार घर निर्माण गर्ने आगामी लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान