३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा खडेरीले २१ करोड बराबरको अन्नवाली नष्ट, खाद्यान्न संकमा हुने खतरा

१२ आश्विन २०७२, मंगलवार ०८:०५

दान बहादुर बुढा/असोज १२, मुगु । यो वर्ष लामो खडेरी सुरु भए पछि जिल्लाभरी नै २१ करोड बढिको अन्नबाली नष्ट भएको छ । धान, कोदो, सिमी, मकै लगायतका बाली पसाउने बेला खडेरी सुरु भए पछि जिल्ला भरि नै कृषकले खेतवारीमा लगाएको बाली घान, मकै, कादो, फापर, आलु, लगायत अन्य तरकारी नष्ट भएको छ ।

mugu khaderi1 copy

भेग क्षेत्र र सेवा केन्द्र स्तरमा खटिएका प्राविधिकले ल्याएको प्रतिवेदन तथा जिल्ला दर रेट अनुसार मुल्याकंन गर्दा खडेरीले जिल्ला भरी २१ करोड ७९ लाख ७४ हजार १ सय ७६ रुपैयाँको अन्न बाली क्षति बनाएको जिल्ला कृषि विकास कार्यालयले प्रारम्भिक तथ्याकं सार्वजनिक गरेको छ ।

गमभेगमा रहेको सेतीवाडा सेवा केन्द्र अन्तरगत पर्ने पाँच वटा गाविसको कुल ३ हजार ६ सय ५९ दशमलव २९ हेक्टर क्षेत्रफलमा लगाईएको अन्नवाली खडेरीले डढाए पछि करिब ६ करोड ६१ लख २५ हजार १ सय रुपैयाँ बराबरको अन्न बाली क्षेती भएको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयको सोरुकोट सेवा केन्द्र अन्र्तगत पर्ने सातवटा गाविसको कुल ३ हजार १ सय ६३ दशमलव ८६ हेक्टर क्षेत्रफलमा लगाईएको अन्नवाली सात करोड १८ लाख ५० हजार क्षति अनुमान गरिएको छ ।

त्यस्तै पश्चिम खत्याड भेग स्थित श्रीकोट सेवा केन्द्र अन्र्तगतका सात वटा गाविसमा ३ हजार ३ सय ३ दशमलव ९१ हेक्टर क्षेत्रफलको अन्नवालीको प्रारम्भिक क्षेती ५ करोड ४५ लाख २५ हजार ५ सय रहेको र पुर्वी करान भेगको पुलु सेवा केन्द्रमा पर्ने पाँच गाविसमा २ हजार १४ दशमलव १४ हेक्टर क्षेत्रफलमा २ करोड ५४ लाख ३५ हजार ९ सय रुपैयाँ बरावरको अन्नवाली क्षेती भएको जिल्ला कृषि विकास कार्यालयका बागवानी शाखाका प्राविधिक सहायक तेज विक्रम मल्लले जानकारी दिए ।

mugu khaderi copy

साउन र भदौमा पानी पर्ने समय भए पनि यो वर्ष अन्नवाली पसाउने बेला सुरु भएको खडेरी हाँलसम्म पनि जारी रहनु यो पहिलो घटना रहेको श्रीनगर गाविसका स्थानीयवासी नन्द बहादुर मल्लले बताए । अहिलेसम्म आफुले यस्तो कहिले पनि नदेखेको र जलवायु परिवर्तनका कारण यस्तो प्रभाव देखा परेको हुन सक्ने उनले बताए ।

खडेरीले सवै भन्दा बढि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगका गाविसमा प्रभाव पारेको छ भने सबै भन्दा कम सिचाई योग्य जमिन रहेको पश्चिम खत्याड भेग र सिचाई योग्य र उत्पादन योग्य जमिन नरहेको पुर्वी करान भेगमा कम असर देखिएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । अघिल्लो वर्षको कार्तिकमा पनि परेको असिना पानीले कृषकको पाकेको धान लागायत अन्य अन्नवाली समेत नष्ट गर्दा १३ करोड बराबरको क्षति भएको थियो ।

यो वर्ष अघिल्लो वर्ष भन्दा बढि क्षति भएको र आउने दिनमा जिल्लामा खाद्य संकट उत्पन्न हुने देखिएको कार्यालयले पुर्वानुमान गरेको छ । दशै नजिकिदै आए पनि खेतवारीमा रोपेको अन्नबाली खडेरीले सखाप बने पछि दशै मनाउन त के परिवार पाल्न नै समस्या पर्ने चिन्ता रहेको भिई गाविसका स्थानीयवासी सिह घामीले बताए । अन्य बाली सुके पनि सिमी उत्पादनको भण्डार मानिने सोरु भेगमा सिमी र मास समेत फुल्न नै नपाई सुके पछि अधिकाँश स्थानीयवासी कृषकले रोजी रोटीको विकल्प खोज्न थालेको जैसीले बताए ।

मुगु जिल्लमा रहेका २४ बटा गा.बि.स मध्य धेरौ खडेरी भएका गाबिसहरु भिई, जिमा, फोतु, नार्थपू, कालौ, रुगा, माग्री, रारा, सेरी, श्रीनगर, कार्कीबाडा, पिना, किम्री, पुलु, श्रीकोट, लगायतका गाबिस उच्च कडेरीमा परेका छन । यो बर्ष ३,४ महिना सम्म खेति गरेको अन्नले खाना नपुग्ने भएको चिन्ता गछन मुगुका कृषकहरुको ठूलो चिन्ता को दुख ब्याक्त गरेका छन ।

– See more at: http://sajhasabal.com/blog/news/khaderi-news/#sthash.3WxzZhcw.dpuf

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली