१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयमा महिनावारि भएका किशोरिहरुका लागी आराम गर्ने कोठा निर्माण हुने

२५ आश्विन २०७४, बुधबार ०४:३९

शंकर के सी/असोज २५, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक विद्यालयमा महिनावारि भएका किशोरिहरुका लागी आराम गर्ने कोठा निर्माण हुने भएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रेडियो कपुरकोट सल्यानमा आज बुधबार १४ वर्षिय किशोरि मिशन डाँगीले संचालन गरेको वहस कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकामा रहेका पाँच वटै माध्यामिक विद्यालयमा महिनावारि हुने छात्राहरुलाइ आरामको आवश्यकता पर्ने भएकाले रेष्ट रुम, किशोरिमैत्री शौचालय र प्याडको व्यवस्था गरिने प्रतिवद्धता जनाएका हुन् ।


कार्यक्रममा किशोरि मिशन डागीले छोरी विरामी परेमा सामान्य खालको स्वास्थ्य संस्थामा उपचार गराउने तर छोरो विरामी भएमा ऋण कारेर भएपनि महंगो अस्पतालमा लग्ने जस्ता विभेद समाजमा रहेको बालिकालाइ पनि अधिकार दिलाउन के पहल भइरहेको छ भन्दै कार्यक्रमका अतीथीहरुलाइ प्रश्न गरेकी थिइन् ।

वहसमा छोराछोरीमाथी हुने विभेद कम हुँदै गएको बताउँदै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर र सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्माले बालिकाहरुलाइ कुनै पनि अधिकारबाट वञ्चीत गर्न नहुने बताएका थिए ।

उनीहरुले सामुदायी वनको आम्दानी र गाउँपालिकाको बजेट वालिकाको विकासका लागी लगानी गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ बालिका दिवसको अवसरमा वहस आज विहान साढे ७ बजे रेडियो कपुरकोटबाट प्रशारण भएको थियो ।

तीनसय किशोरीले आज एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिदै छन् ।  यो नयाँ र पहिलो कार्यक्रम पनि हो । यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाहरुले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चलाउनेछन् । कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन