2026-07-26 04:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका तीन स्थानिय तह बने विपन्नका असली सरकार

प्रेम सुनार | असोज २७, गुल्मी | आर्थिक अभावका कारण वर्षऔं देखि खरको छानाको झुपडीमा रहेका विपन्न परिवारका जनतालाई टिनको छाना लगाई दिने निर्णय गरेर यहाँका तिन वटा स्थानिय निकाय  ति जनताहरुका असली स्थानिय सरकार बनेका छन् ।

२०६४ देखि २०७० को संविधान सभा निर्वाचन सम्म हरेक दलका नेताहरुले ति जनताका खरको छानामा टिनको छाना लगाई दिने आश्वासन दिदै आए पनि पुरा गर्न सकेका थिएनन् ।

तर धुर्कोट गाउँपालिका ईस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाले ति जनताको खरको छाना विस्थापित गरी टिनको छाना लगाई दिन रकम नै विनियोजन गरेर काम सुरु गरे पछि असली सरकारको अनुभुति जनताले गर्न थालेका हुन् ।

धुर्कोट गाउँपालिकाले दुई वर्ष भित्र खरको छाना रहित धुर्कोट बनाउनका लागि यसै वर्ष झण्डै डेड लाख रकम विनियोजन गरी काम सुरु गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

उता ईस्मा गाउँपालिकाले पनि खरका छना भएका घरहरुको लगत संकलन गरी काम सुरु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले बताए । उता मुसिकोट नगरपालिका भित्रका खरका छानामा टिनको छाना लगाई दिन यस आर्थिक वर्षमा ५० लाख छुट्टाईएको मेयर सोमनाथ सापकोटाले  जानकारी  दिए ।

साविकको अर्लाङ्गकोट गाविसकोा उर्लेनीस्थित दलित वस्तीमा मात्रै ३० लाख छुट्टाएको उनले बताए । उनका अनुसार यस वर्ष  साविकको मुसिकोट कोटा मुनिका दलित लगायतका स्थानका दलित र कुमाल वस्तीमा प्रति घरधुरी एक लाख बरावरको जस्ता पाता र अन्य आवस्यक सामग्री दिईने छ ।

आगमी वर्ष देखि थप वस्तीमा काम सुरु गरिने छ । मेयर सापकोटाले आर्थिक अभावका कारण कुनै पनि घरमा बत्ती  बोल्न नसकेको भए र कोही भुमिहिन भए सिधै आफु कहाँ आउन त्यस्ता जनतालाई आउन आग्रह समेत गरेका छन् ।

अव केहि दिन भित्रमै उज्यालो मुसिकोट बनाउने अभियानमा जुटेका उनले  सोलरबाट भए पनि हरेक घरधुरीमा उज्यालो दिएरै छाड्ने प्रतिबद्धता जनाए ।   जस्ताको छानोमा उज्यालो घर पाउने भए पछि यी तिन वटै  स्थानिय तहका लाभान्वित हुने जनताले वर्षऔं पछि असली सरकारको अनुभुति गरेको बताए ।

अन्य स्थानिय तहमा पनि यस्तो कार्य गर्ने तर्ख‘रमा रहेको जनाईएको छ । स्थानिय तहको निर्वाचन पछि जनप्रतिनिधीहरुले सुशासन र विकास को भन्दा को कमको प्रतिष्पर्धामा अगाडी बढाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ