2026-08-01 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिनुभयो । हावाहुरी र असिना पानी परेको समयमा सवारीसाधन नचालाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन उहाँले आग्रह गर्नुभयो ।

विभागका अनुसार आज अपराह्नपछि नै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । विभागका प्रवक्ता विभूति पोखरेलले अपराह्नपछि भने विषेशगरी तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला