काठमाडौँ | अभद्र व्यवहारको कसुरमा पक्राउ परेका बले भनिने कलाकार सागर लम्साल हाजिर जमानीमा छुटेका छन्। उनलाई शुक्रबार साँझ परिवारको जिम्मामा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई गत शनिबार बिहान पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि अभद्र व्यवहार गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको दाबी गर्दै आएको छ। तर प्रहरीले उनीमाथि कसले, कहाँ अभद्र व्यवहार गरेको भन्ने उजुरी र उजुरीकर्ताबारे खुलाएको भने छैन।