2026-10-26 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आइएमईको छात्रवृत्ती रकम सल्यानका सुलभलाई

खकेन्द्र केसी/कात्तिक १६, सल्यान । सल्यानका एक बालकले आइएमईको तर्फबाट १० हजार छात्रवृत्ति प्राप्त गरेका छन । 

एमएम एकेडेमी खलंगामा कक्षा ४ मा पढ्ने सल्यान शारदा नगरपालिका ३ का सुलभ गुरुङले आकांक्षा छात्रवृत्ती प्राप्त गरेका हुन । उज्वल भविष्यको तपाइको आकांक्षलाई हाम्रो साथ अन्तरगत उनले छात्रवृत्ती प्राप्त गरेका हुन । आइएमई र ग्लोवल आइएमइको साझेदारीमा प्रदान गरिने आकांक्षा छात्रवृत्ति पुरस्कारका विरतण कार्यक्रमलाई सम्बोधनका क्रममा आइएमइका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्वु नेम्वाङले आइएमइले जेहेन्दार तथा आर्थीक अवस्था कमजोर रहेका विद्यार्थीलाई उसले भरेको फारामको आधारमा छात्रवृत्ती वितरण गर्ने बताएका छन । 

देशभरीका एकसय विद्यार्थीलाई उनिहरुको पठनपाठनमा सहयोग हवस भनेर आइएमई र आइएमई बैंकले १० लाख शिक्षाको क्षेत्रमा लगानी गर्ने भन्दै उनले यो रकमले पाठ्यपुस्तक, शैक्षिक सामाग्री खरिदमा सहयोग पुराउने अपेक्षा रहेको बताएका छन । 

एक कार्यक्रमको आयोजना गरि विद्यालयको प्राङगणमा १० हजारको चेक रकम विद्यालयका प्रिन्सिपल पुर्ण बहादुर भण्डारी मार्फत विद्यार्थीलाई प्रदान गरिएको हो । विद्यालयका व्यवस्थापक महेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आइएमइका केन्द्रिय कार्यालयका निर्जन श्रेष्ठ, सायल शर्मा र दिलिप खनालको पनि सहभागिता रहेको थियो । 

खलंगामा आइएमई संचालन गरिरहेका उत्सव श्रेष्ठले फाराम भरेका २६ जना विद्यार्थी मध्ये सुलभ गुरुङले उक्त छात्रवृत्ति प्राप्त गरेका हुन । विद्यालयका विद्यार्थी, शिक्षकको उपस्थितीमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष दिपक बोहरा विद्यालयका प्रिन्सिपल पुर्ण बहादुर भण्डारी, पत्रकार डिल्लीराज रावतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने